Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

किन गरिदैछ कृषिमा बैदेशिक लगानी भित्र्याउने खेल


काठमाडौं । नेपाल सरकारले घोषणा गरेको २० बर्षे कृषि विकास रणनितीमा प्राथमिक क्षेत्रमा विदेशीलाई नभित्राउने उल्लेख भए पनि सरकारले गत पुस ५ गते वैदेशिक लगानीका लागि बाटो खुल्ला गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयले साना किसान विस्थापित हुने डरले कृषकहरु विरोध गरिरहेका छन् । विदेशीलाई बाटो खुल्ला गरे किसानहरु संग केही विकल्प नभइ जीवनयापनमा ठूलो समस्या आउने राष्ट्रिय किसान संजालका राष्ट्रिय कार्यान्वयन समितीका संयोजक नहेन्द्र खड्काको भनाइ छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा कृषिमा विदेशी लगानी गर्न नपाउने व्यवस्था छ । तर पनि सर्त राखेर प्रत्यक्ष रुपमा वैदेशिक लगानी (एफडीआई) खुला गर्ने सरकारको निर्णयमा उल्लेख छ ।

नेपालको कृषि विदेशीलाई सुम्पेर कृषि क्षेत्र अगाडि नबढ्ने तर्क नेपाली कृषकहरुले गरेका छन् । नेपालको कृषिमा यति बेला वैदेशिक लगानी किन भन्ने प्रश्न चारै तिर बाट उठीरहेको छ । कृषि जस्तो महत्वपूर्ण र धेरैको रोजगारी संग जोडिएको क्षेत्रमा विदेशीलाई भित्राउदा आफुहरु विस्थापित हुने डर आम कृषकहरुलाइ छ । कोरोनाको विश्वव्यापी महामारीका कारण थला परेको कृषि क्षेत्रलाई उत्थान गर्नुको सट्टा विदेशी लगानीको लागि बाटो खोलिएमा कृषिलाई झन धरासायी बनाउने डर पनि किसानहरुमा छ । तर कृषिमा वैदेशिक लगानी भित्राउन लागि पर्नु भएका कृषि तथा पशुपक्षी विकास मन्त्री पद्यमा कुमारी अर्याल भने कृषिमा ठुलो लगानीको आवश्यकता रहेको र सरकारको सामथ्र्य ले नभ्याउने तर्क गर्छिन ।

नेपालको कृषि क्षेत्रमा धेरै समस्याहरु विद्यमान छ । कतै सिचाइको सुविधा पुगेका छैनन् त कतै काम गर्ने जनशक्तिको अभाव छ । न त कृषकले समयमै मल बिउ पाउछन न त आधुनिक उपकरण नै । असिना,हिमपात खडेरी र अतिवृष्टि लगायतका प्राकृतिक प्रकोप बाट पनि किसानहरु पिडीत भएका छन् । यी समस्याहरुलाई सरकारले सम्बोधन गर्न अझै सकेको छैन । यस परिस्थितीमा वैदेशिक लगानीलाई स्वागत गर्ने सरकारको विवादास्पद निर्णय विरुद्घ परेको मुद्घा अझै अदालतमा विचाराधिन रहेको छ ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कृषि विकास, #बैदेशिक लगानी भित्र्याउने खेल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं