प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा गरे फेरि संसद बिघटनको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा प्रतिनिधिसभा फेरि विघटनको प्रस्ताव गरेका छन् । राष्ट्रपति निवास शितल निवासमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सरकार र संसद् राम्रोसँग सञ्चालन नभएमा संसद् विघटन गरेर निर्वाचनमा जानु स्वाभाविक हुने बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर समेत गरेका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको भन्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो ।
राष्ट्रपति निवास शितलनिवासमा आयोजति सर्वदलीय बैठकमा सहभागी नेताका प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको दाबी समेत ओलीको छ । उनले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको बताए । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीले फेरि संसद बिघटन गर्न खोजेको आरोप लगाए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि असन्तुष्टि जनाएका थिए ।
दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएकी थिईन् । यससँग राष्ट्रपति विद्यादेवी भण्डारीले आवहान गर्नु भएको सर्वदलीय बैठक सम्पन्न भएको छ । राष्ट्रपतिले आवहान गरेको सर्वदलीय बैठकमा बैठकमा पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी भएका थिए । बैठकमा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने अनुपस्थित भएका थिए । नेताहरुले राष्ट्रपति भण्डारीको यही चैत्र ९ र १० गते हुने बंगलादेशको दुई दिने भ्रमणका बिषयमा जानकारी समेत गराएकी थिइन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा, #राष्ट्रपति निवास शितल निवास
ताजा खबर
- १कांग्रेसले भन्यो–कार्की आयोगको प्रतिवेदन अपूर्ण
- २बालेनलाई प्रधानमन्त्री बन्न बाटो खुल्यो, रास्वपाले बनायो संसदीय दलको नेता
- ३कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह रहेको एमाले अध्यक्ष ओलीको टिप्पणी
- ४सरकारलाई प्रश्न सोधेर सहयोग गर्छौंः हर्क साम्पाङ
- ५रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड



तपाईको कमेन्ट लेख्नुहोस्