रामचन्द्रलाई शेरबहादुरको झटारो प्रधानमन्त्री बन्छ भनेर सानो चित्त नगर्नुहोस्
चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नेतृत्वको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । पूर्व सांसद एवम नेपाली काँग्रेसका नेता एकनाथ रानाभाटको १३ औं श्रद्धान्जली सभा कार्यक्रममा सहभागीहुन चितवन पुगेका सभापति देउवाले देशको निकासका लागी जिम्मेवारी आए पछि नहट्ने बताएका हुन् । सभापति देउवाले काँग्रेस पदको लोभ नगर्ने पार्टी भएको तर जिम्मेवारी आए पछि नहट्ने भन्दै प्रधानमन्त्री बन्ने प्रस्ताव आए स्वीकार गर्ने बताएका छन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति प्रति ईङगित गर्दै लोकतन्त्रलाई विकृति बाट बचाउन आफनो भुमिका निर्बाह गर्नु पर्ने बताएका थिए । नेता पौडेलले सभापतिलाई कांग्रेस पार्टीको हैसियत भन्दा धेरै आकांक्षा नराख्न सुझाब दिए ।
पौडेलले अहिले कांग्रेस प्रतिपक्षमै बस्नुपर्नेमा जोड दिएपछि देउवाले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त’ नगर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे । सत्तासीन नेकपाका केपी ओली र प्रचण्ड–माधव नेपाल पक्षले सत्ता सहकार्यका लागि देउवालाई प्रस्ताव गरिरहेका बेला उनले जिम्मेवारी आए पछि नहट्ने बताएका हुन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #रामचन्द्र पौडेल, #शेरबहादुर देउवा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्