प्रतिवन्धित नेकपा र सरकारबीच वार्ताको बाटो खुल्यो, दुवै पक्षले गठन गरे वार्ता टोली

काठमाडौं । सरकारले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई संवादमा ल्याउन गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको वार्ता टोली गठन गरेको केही घण्टामै बिप्लवले पनि वार्ता टोली गठन गरेका छन् । तर, प्रतिबन्ध लगाएको दुई बर्ष पुग्नै लाग्दा अन्य दलसँग तिक्तता बढेको सरकारले बिप्लव नेतृत्वको नेकपालाई वार्तामा ल्याउन लागेको हो । विनाशर्त दुबै पक्षले वार्तालाई सकरात्मक रुपमा लिदा संवादको बाटो खुलेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आपराधिक समूह घोषणा गर्दै प्रतिबन्ध लगाएको दुई वर्ष पुग्न लाग्दा सरकारले मंगलबार बिप्लव समूहलाई शान्ति प्रक्रियामा ल्याउन वार्ता टोली गठन गर्यो । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गर्दा सरकारी कदमको स्वागत गर्दै विप्लव समूहले पनि वार्ता टोली गठन गरेको छ । उसले सरकारसँग वार्ता गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको छ । सर्वसाधारणको ज्यान लिने गरी भएका विस्फोटलगायतका घटनापछि सरकारले २०७५ फागुन २८ गते विप्लव समूहलाई आपराधिक समूह घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो ।
प्रतिवन्धको समयमा सुरक्षाकर्मीको कारबाहीमा केही विप्लव नेता कार्यकर्ताको पनि ज्यान गएको छ भने विप्लव समूहले गराएका केही विस्फोटमा सर्वसाधारण मारिएका छन् । राजधानीका विभिन्न स्थानमा शृंखलाबद्ध बम विस्फोट गराउने प्रयास असफल हुँदा विप्लवकै केही कार्यकर्ता मारिएका थिए । विप्वल समूहलाई प्रतिबन्ध लगाए यता उक्त समूहका २ हजार १५ जना नेता कार्यकर्ता पक्राउ परेका छन । तीमध्ये ८५ जनालाई सामान्य सोधपुछ पछि छाडिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध एक हजार ९ सय २७ वटा मुद्धा दर्ता भएका छन । तीमध्ये एक हजार ८ सय ६४ जना साधारण तारेख तथा धरौटीमा छुटेका थिए भने एक सय २३ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
प्रहरीले विप्लव समूहका एकै नेताविरुद्ध विभिन्न जिल्लामा मुद्धा अहिले पनि चलाइरहेको छ । विप्लव समूहका प्रवक्तासमेत रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई शृंखलाबद्ध रुपमा विभिन्न जिल्लामा पु¥याएको थियो । नख्खु बम विस्फोटमा जोडिएका विप्लव समूहका उच्च नेताहरु अहिले पनि मुद्धा पुर्पक्षका लागि कारागार छन । विप्लव समूहका नेता कार्यकर्ता जोडिएका कुनैपनि मुद्धाको फैसला गरिएको छैन । उनिहरुविरुद्ध कर्तव्य ज्यान, विस्फोटक पदार्थ, राज्यविरुद्धको कसुर, संगठित अपराधलगायत मुद्धा दर्ता छन् । सरकारले विप्लव समूहसँग वार्ता गर्ने तयारी गरिरहँदा उक्त समूहमाथीको प्रतिबन्ध हटाउने तयारी समेत गरेको छ । गत बैशाख १ गतेयता मात्र बिििभन्न आरोपमा विप्लवका ४ सय ३५ नेता कार्यकर्ता पक्राउ परेका छन् । तीमध्ये ९ जनालाई सोधपुछपछि छाडिएको र बाँकीविरुद्ध गरि चार सय २५ वटा मुद्धा दर्ता भएको छ ।
३ सय ७७ जना जिल्ला अदालतबाट तारेख वा धरौटीमा छुटेको र ३१ जना पुर्पक्षका लागि कारागार चलान भएको प्रहरी तथ्यांकले देखाउँछ । विप्लव समूहलाई आपराधिक घोषणा गरिएयता काठमाडौँ उपत्यकामा मात्र उक्त समूहका ३७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् भने तीमध्ये ११ जनालाई सोधपुछपछि छाडिएको छ । उनीहरुविरुद्ध कुल तीन सय ४० वटा मुद्धा दर्ता भएकामा तीन सय १६ जना जिल्ला अदालतबाट तारेख वा धरौटीमा छुटेको र २२ जना मुद्धा पुर्पक्षका लागि कारागार चलान भएको जनाइएको छ । बिप्लवद्धारा जारी बिज्ञप्तीमा दुई सदस्यीय वार्ता टोली मात्रै गठन गरेर विनाशर्त वार्तामा बस्न तयार रहेको सन्देश दिइएको छ । अव सरकार र बिप्लव नेकपाबीच वार्ता हुने निश्चित भएको छ तर, कहिले भन्ने टुंगो भने लागेको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #दुवै पक्षले गठन गरे वार्ता टोली, #प्रतिवन्धित नेकपा र सरकारबीच वार्ताको बाटो खुल्यो
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्