शेरधन राई बिरुद्ध अविश्वासको प्रस्ताव पेश,अर्को बैठक २० गते बोलाइयो
काठमाडौं । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ सभाको बैठकमा अविश्वासको प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड–माधव पक्षका सांसद ईन्द्र आङ्बोले प्रदेश सभा बैठकमा पेस गरेका हुन् । अविश्वास प्रस्ताव पेस गर्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिपछि आङ्वोले प्रस्ताव पेश गरेका थिए । आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरे ।
बैठकमा सत्तापक्षका १६ सांसदको अनुपस्थितमै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको थियो । सरकारका प्रवक्तासमेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले निलम्बित सांसद उपस्थित भएसम्म बैठक बहिष्कार निर्णय भएको जानकारी दिए । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि बढेमा सरकार ढल्ने निश्चित भएपछि सत्ता पक्षले निलम्बित सांसदको उपस्थिततिलाई बहाना बनाउँदै बैठक नै बहिष्कार गरेको हो । यो निर्णयबारे संसद सचिवालयमा जानकारी गराएपछि सभामुखले बैठक सुरु गरेका थिए ।
नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ (४) बमोजिम बैठकमा पेश भएको हो । यससअघि बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्यमन्त्री राईले दबाब दिएका थिए । तर सभामुख भण्डारीले भने अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गरेपछि बैठक बहिष्कारको बहाना सत्ता पक्षले बनाएको हो । हिउँदे अधिवेशन सुरु भएर दुई पटक बसेर सत्ता पक्षकै अवरोधका कारण छोटो समयमै सकिएको बैठक तेस्रो पटक बोलाइएको हो।
नेकपा कै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि सोही विवादले सदन अवरुद्ध हुँदै आएको थियो । अविश्वासको प्रस्ताव जबर्जस्ती अघि बढाइए प्रदेश सभा नै भङ्ग समेत चेतावनी मुख्यमन्त्रीले दिइसकेका छन्। पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । त्यसको असर प्रदेश १ मा देखिएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अविश्वासको प्रस्ताव, #शेरधन राईविरुद्ध
ताजा खबर
- १कांग्रेसले भन्यो–कार्की आयोगको प्रतिवेदन अपूर्ण
- २बालेनलाई प्रधानमन्त्री बन्न बाटो खुल्यो, रास्वपाले बनायो संसदीय दलको नेता
- ३कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह रहेको एमाले अध्यक्ष ओलीको टिप्पणी
- ४सरकारलाई प्रश्न सोधेर सहयोग गर्छौंः हर्क साम्पाङ
- ५रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड



तपाईको कमेन्ट लेख्नुहोस्