आमहड्तालमा सडकमा आउँदा पनि शिर्ष नेताहरुलाई सुरक्षाकर्मीकै साथ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको आमहडताल सफल पार्न शिर्ष नेताहरु सडकमै पुगेका छन् । दोस्रो तहका नेताहरु चोक चोकमा हड्ताल सफल बनाउन लागेको भएपनि शिर्ष नेताहरु समेत आन्दोलनमा सहभागि भएका छन् । प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतका शिर्ष नेताहरु सडकमै आएका हुन् ।
आन्दोलनमा सहभागीहरूलाई उत्साहित पार्न प्रचण्ड सडकमा आएर केहीबेर सरकारको कदमविरुद्ध नाराबाजीसमेत गरेका थिए । उनी सातदोबाटोबाट कोटेश्वर आएका थिए । आन्दोलनमा सहभागी भई उनले कोटेश्वरमा संक्षिप्त सम्बोधनसमेत गरेका उनले असंबैधानिक कदका बिरुद्ध सडकमा आउनु परेको जानकारी गराए ।
कोटेश्वरको आन्दोलनमा सहभागी भई उनी घर फर्किएका छन् । सरकारले बुधबार संसदीय सुनुवाइविनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै बुधबार नै नेपाल प्रचण्ड–नेपाल समूहले यसको विरोध गर्दै आजलाई आमहडतालको घोषणा गरेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नेताहरु सडकमै, #प्रचण्ड–नेपाल समूह
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्