सर्बोच्चले बोलायो अवहेलना मुद्दामा प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख
काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली सहित चारजना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई बोलाएको छ । उनीहरुले आफैं आएर लिखित जवाफ दिनुपर्ने आदेश दिएको छ।बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश गरेको हो।
अब सर्वोच्चको आदेशसँगै प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगानाले आफैँ उपस्थित भएर लिखित जवाफ दिनुपर्नेछ। आदेशमा बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन भनिएको छ।
अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए। त्यस्तै लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीहरुविरुद्ध र अर्का अधिवक्ता राजाराम घिमिरेले पूर्व सभामुख दमननाथ ढुङ्गानाविरुद्ध मुद्दा दर्ता गरेका थिए।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली, #सर्वोच्च अदालत
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्