सर्बोच्चले बोलायो अवहेलना मुद्दामा प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख

काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली सहित चारजना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई बोलाएको छ । उनीहरुले आफैं आएर लिखित जवाफ दिनुपर्ने आदेश दिएको छ।बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश गरेको हो।
अब सर्वोच्चको आदेशसँगै प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगानाले आफैँ उपस्थित भएर लिखित जवाफ दिनुपर्नेछ। आदेशमा बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन भनिएको छ।
अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए। त्यस्तै लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीहरुविरुद्ध र अर्का अधिवक्ता राजाराम घिमिरेले पूर्व सभामुख दमननाथ ढुङ्गानाविरुद्ध मुद्दा दर्ता गरेका थिए।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली, #सर्वोच्च अदालत
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्