कांग्रेसले घोषणा गर्यो तेस्रो चरणको आन्दोलन, ३० गते देशभर प्रदर्शन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बनेको कांग्रेस केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । माघको १७ गते शनिबार पार्टी निकट भातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने, माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने तय भएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । त्यस्तै माघ ३० गते जिल्ला कार्यसमितिले जिल्लामा प्रदर्शन गर्ने तय भएको उनले बताए । उनले केन्द्रबाट तय गरिएको आन्दोलनको कार्यक्रमबाहेक अन्य कार्यक्रमहरु पनि पार्टीका जिल्ला तथा भातृ संगठनले गर्न सक्ने उनले बताए ।
प्रतिनिधिसभा बिघटनको विरुद्ध गरिने आन्दोलनका बिषयमा पार्टीभित्र कुनै विवाद नभएको उनको भनाई छ । त्यस्तै बैठकले संसद बिघटनको असंवैधानिक निर्णयको विरुद्धमा नागरिकले गरेको शान्तिपूर्ण आन्दोलनमा भएको दमन र हस्तक्षेपको निन्दा र भत्र्सना गर्दै घाइतेहरुको सिघ्र स्वाथ्यलाभको कामना पनि गरेको छ ।
त्यस्तै प्रधानमन्त्रीले पछिल्लो समय आफ्नो मर्यादासंग नसुहादो गरि अभिव्यक्ती दिएको भन्दै यसलाई गम्भीरतापूर्वक दिदै अलोकतान्त्रीक अभिब्यक्ति नदिन पनि ध्यानाकर्षण गराएको छ भने बैठकले महिला संघ, तरुण दल, नेविसंघ लगायतका भातृसंस्थाहरुको म्याद थप ६ महिना थप गर्ने निर्णय बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा बिघटन बिरुद्धको आन्दोलनलाई एकजुट भएर अघि बढाउने बिषयमा पनि छलफल भएको थियो । आन्तरिक बिषय, आन्दोलनको बिषय र राष्ट्रिय राजनीतिका बिषयमा पनि सर्वस्म्मतिले निर्णय गरेको प्रवक्ता शर्माले दावी छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्