Techie IT
  • १७ वैशाख २०८२, बुधबार
KhojPatrika

अमेरिकाको बागडोर बाइडेनको हातमा,ट्रम्पका केही निर्णय उल्टाइयो


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पद तथा गोपनियताको सपथ लिएका छन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका हुन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका थिए ।

राष्ट्रपति पदको सपथ लिएलगत्तै बाइडेनले आजको दिन लोकतन्त्रको दिन भएको उल्लेख गरे । उनले आजको दिन अमेरिकाको दिन भएको बताउँदै यो इतिहास र आशाको दिन भएको बताएका थिए । बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् ।

आफ्नो सम्बोधनमा बाइडेनले ट्रम्पको नाम लिएनन्, तर धन्यवाद् भने दिएका थिए । ट्रम्पले बाइडेनको सपथ समारोह बहिस्कार गरेका थिए । जबकी, पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्युु बुुस र बाराक ओबामा भने सहभागी थिए । ‘
उपराष्ट्रपति कमला ह्यारिसले पनि लिइन् सपथ
समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिएकी थिइन । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन् । जमैकन बाबु भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी–अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एशियाली– अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति हुन् ।

अमेरिकामा फैलिएको कोरोना महामारी
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने। भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने
–कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने
–सबै संघीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने
–आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने
जलवायु संकटमा वाडेनको प्रतिबद्धता
वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू बाइडनले उल्ट्याउन चाहेका छन्। त्यसको निम्ति उनको आदेशमा भनिएको छ ।
– सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनस् सामेल हुने
–विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द। वातावरणवादी तथा अमेरिकी दिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए
आप्रवासन
–ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा
–मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विदेश, समाचार
ट्याग : #अमेरिकी राष्ट्रपति जो बाइडेन, #उपराष्ट्रपति कमला ह्यारिस

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं