उपमन्त्रीसहितको चिनियाँ टोली नेपाल आउँदै
काठमाडौं । सत्तारुढ नेकपा विभाजित भएका बेला चिनियाँ उप–मन्त्रीसहितको टोली आज नेपाल आउँदैछ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज काठमाडौं आउन लागेको बताइएको छ ।
टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाडौं आइपुग्नेछन् । उपमन्त्री गुओसहित ४ जनाको टोलीले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यतालिका तय भएको छ । प्रतिनिधि सभा विघटन भएसँगै सत्तारुढ नेकपा विभाजित भएका बेला आउन लागेका चिनियाँ उपमन्त्रीको भ्रमणलाई विशेष चासोका रुपमा हेरिएको छ ।
नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विशेष अपिल गर्ने उनको तयारी छ । नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टीले चासो र चिन्ता लिदै आएको छ । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेट गर्दै आएकी छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चिनियाँ कम्युनिष्ट पार्टी
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्