कता हरायो तामझामका साथ सुरु गरिएको सामाजिक सुरक्षा योजना

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको ३ बर्ष भएको छ । यही योजना अन्तर्गत सरकारले वृद्धभत्ता, एकल महिला भत्ता, अपांगता भत्ता, अल्पसंख्यक तथा जातीय भत्तालगायत दिँदै आएको छ । सामाजिक सुरक्षा कोषमा अहिले ३ अर्ब २५ करोड भनदा बढी रकम जम्मा छ । सो रकम कोषले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार लगानी गर्नका लागि यही मंसिर १० मा सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । सो कार्यविधि अनुसार योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी प्राप्त गर्न सक्नेछन् ।
योगदान रकमको आधारमा कोषले तोकेको मापदण्ड अनुसार यो सापटी प्रदान गरिने छ । आवास निर्माणका निम्ति धितोमा आधारित भएर योगदानकर्तालाई घर निर्माण गर्न, घर खरिद गर्न, संयुक्त आवासमा यूनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न ७५ लाख रुपैयाँ अथवा १५ वर्षको तलब रकम जुन कम हुन्छ त्यही बराबर घर सापटी प्रदान गरिने व्यवस्था गरेको कोषले जनाएको छ ।
अहिलेसम्म कोषमा १ लाख ८० हजार श्रमिक सूचीकृत छन् । सूचीकृत हुने श्रमिकले दुर्घटना बीमादेखि पेन्सनसम्म पाउने व्यवस्था छ । योगदानकर्ताको तलबबाट रोजगारदाताले न्यूनतम तलबको ११ प्रतिशत रकम कट्टा गर्ने व्यवस्था छ । श्रमिकको न्यूनतम तलबको २० प्रतिशत रोजगारदाताले थप गरी जम्मा ३१ प्रतिशत रकम कोषमा जम्मा गरिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #श्रमिक सूचीकृत, #सामाजिक सुरक्षा योजना
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्