कोरोनाबाट एकैदिन ३० जनाको मृत्यु, थपिए ३ हजार ३०९ संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । यो अहिलेसम्मकै कोरोनाबाट मृत्यु हुने उच्च संख्या हो । हालसम्म ३० जनासहित नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १४ लाख ९४ हजार १ सय २२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्ला ३ दिनमा ३७ हजार ७ सय ५६ जनाको कोरोना परीक्षण गरिएकोमा ९ हजार ३५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज देशभर ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमित रहेका छन्। १ हजार ३०५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना परीक्षण, #कोरोना भाइरसको संक्रमण
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्