काठमाडौं उपत्यकामा ८ सय ४३ कोरोना संक्रमित थपिदा देशभर १ हजार ९५४
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ९६, भक्तपुरमा २९ र ललितपुरमा १ सय १८ गरी सो संख्यामा संक्रमित पुष्टि भएको हो । देशभर भने १ हजार ९ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ हजार २ सय ४८ जनाको पीसीआर भएकोमा १ हजार ९ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७ सय ९ र होम आइसोलेशनमा ३१ हजार ९ सय ३४ रहेका छन् ।
यस्तै २४ घण्टामा थप २ हजार ९ सय ८१ जनाले कोरोना जितेका छन् भने यससँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ । यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८ सय ८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #काठमाडौं उपत्यका
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्