नरोकिएको सुन तस्करी, गुमनाम हुन्छन् सुन भेटिएका घटना
काठमाडौं । सरकारले नेपालमा सुन तस्करको जालो तोडिएको दावी गरेको धेरै भइसक्यो । तर, वीरगंजमा झण्डै २३ किलो अवैध सुन बरामद भएपछि यो जालो तोडिएको छैन् भन्ने प्रमाणित भएको छ । यसले के स्पष्ट पार्छ भने तस्करहरुको अवैध कारोबार अन्त्य होइन, झन मौलाइरहेको छ । नेपाल प्रहरीले पर्साको वीरगंजस्थित एक अपार्टमेन्टमा शनिबार छापा मार्दा लुकाई राखेको ठूलो मात्रामा सुन जस्तो देखिने बस्तु फेला पर्यो । वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोटी स्थित श्री गणेश अपार्टमेन्टबाट २२ किलो ५ सय ७६ ग्राम सुन फेला पारेको हो। अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्ल्याटमा सुन जस्तो पहेलो धातु फेला परेको हो। कतिबेला ३३ किलो त कतिबेला ८८ किलो तस्कर गरिएको सुन फेला पर्नुले मुलुकमा सुन तस्कर मौलाउदै गएको बुझ्न कठिन् छैन ।
बिरगन्जको फेला परेको सुन जस्तो देखिने बस्तु सुन हो नै भनेर निक्र्यौल भईसकेको छैन । नेपाल प्रहरिले उपलब्ध गराएको तथ्यान्क हेर्ने हो भने नेपालमा वार्षिक ८० देखी १०० किलो तस्कर गरिएको सुन प्रहरिले पक्राउ गर्ने गरेको छ । यध्यपी नेपालमा सुन तस्कर भने त्यो भन्दा कयौ गुणा बढी हुने गरेको स्वयम प्रहरिले बताउने गरेको छ । पक्राउ पर्नेमा भने अधिकाम्श भरिया मात्र हुने गरेका छन । तर तस्कर रोक्न भने प्रहरी करीब असक्षम जस्तै देखिएको छ ।
कहिले कति भए बरामद ?
२०७४ साल
भदौ १९ गते ८८ केजी
भदौ १५ गते २२ केजी
असार २९ गते ९ केजी
२०७३ साल
माघ १ गते १३ केजी
पुस ६ गते ५ केजी
पुस २१ गते ३३ केजी
चैत ३ गते ७ केजी
जेठ ३० गते ६ केजी
२०७१ साल
साउन २० केजी
मंसिर २५ केजी
पञ्चायत शासन ब्यवस्थादेखी नै सुन तस्करी चलेको भएपनी २०५१ सालपछिको सरकार परिवर्तका खेलहरु तीब्र रुपमा हुन थालेपछि सुन तस्करीको क्रम फैलिएको थियो । २०५५ सालमा एक सय ३३ टन सुन वैध रुपमा भित्रिएको भएपनि सबै सुन भारतमा खपत हुने भएपछि नेपालमा सुन तस्करी त्यत्तिखेर देखी नै मौलाएको थियो । सुन तस्करको जालो झन फैलिदै गएपनी उनिहरुलाई कारबाहीको दाँयारामा ल्याउन नसक्नु र प्रहरी नै सुन तस्करमा संलग्न हुने गरेपछी कतै नेपाल सुन तस्करको हब बन्ने त होइन भन्ने आशन्का पैदा भएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #अवैध कारोबार, #सुन तस्कर
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्