कोरोना त्रास,सार्वजनिक यातायातमा छैनन् यात्रु

काठमाडौं । कोरोना भाइरसका कारण करिव ६ महिना बन्द रहेका सार्वजनिक यातायात खुला भएपनि यात्रु पाउनै मुस्किाल छ । लामो दुरीमा यातायात सञ्चालनमा आएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण गत चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रु नहुँदा व्यवसायी समस्यामा परेका हुन् ।
कोरोना अघि हुनुभन्दा पहिले पूर्वाञ्चल क्षेत्रमा प्रत्येक दिन ४५० सार्वजनिक सवारी साधन ओहोरदोहोर हुँदै आएपनि अहिले यात्रु नहुँदा दैनिक १ सय ५० सवारी साधन एक सिटमा एक यात्रु राखेर आवात जावत गर्न बाध्य छन् । काठमाडौँबाट पूर्वका ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम, उदयपुर, सिरहा र सप्तरी जाने ५४ बस कम्पनी मिलेर बनेको पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रु नभएकाले आलोपालो बस सञ्चालन गर्दै आएका छन् ।
नयाँ बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कबाट थोरै मात्रामा सवारी साधन बाहिरीने गरेका छन् । पहिले प्रत्येक दिन ६ सय देखि ७ सय हाराहारीमा सार्वजनिक यातायात उपत्यका बाहिरीने गरेपनि अहिले प्रत्येक दिन २ सय देखि २ सय ५० सार्वजनिक यातायात बाहिरीने गरेका छन् ।
दशै नजिकिदै गर्दा समेत मानिसहरुको आवात जावत बढ्न सकेको छैन् । कोरोनाको त्रासले मानिसहरु यात्रा गर्न समेत डराई रहेका छन् । काठमाडौंबाट पश्चिम जाने रुकुम,सल्यान सुर्खेत, नेपालगञ्ज, कैलाली लगायतका जिल्लामा जाने सवारी साधानमा समेत यात्रु पाउनै मुस्किल परेको छ । यो बर्ष दशैंमा समेत यात्रुहरुको चाप कम हुने देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस, #नयाँ बसपार्क, #यातायात व्यवसायी
तपाईको कमेन्ट लेख्नुहोस्