नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, १९११ संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५ सय ९ पुगेको हो । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । मृतकमा सुनसरीका ५६, ५० र २७ वर्षीय पुरुष रहेका छन् ।
बागमती प्रदेशमा काठमाडौँ उपत्यकाका ४ जना रहेका छन् । जसमा काठमाडौंका ७८ र ६८ वर्षीय तथा भक्तपुरकाका ६८ र ललितपुरमा ४८ वर्षीय पुरुष पुरुष रहेका छन् । बाँकेकी ३४ वर्षीय महिलाको पनि मृत्यु भएको छ भने रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८ सय ३० पुगेको हो ।
बितको २४ घण्टामा काठमाडौंमा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी मोरङमा १०५, कैलालीमा १६१, रुपन्देहीमा ९१ सहित अन्य विभिन्न जिल्लामा गरी बितेको २४ घण्टामा मात्रै १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहिबार मात्रै १ हजार ९ सय ११ संक्रमित थपिएका छन् । हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ६९ हजार रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ९६१ जना निको भएका छन् भने यससँगै हालसम्म निको हुनेको कुल संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #काठमाडौँ उपत्यकाका, #कोरोनाबाट मृत्यु
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्