१६ औं दिनसम्म कसैले सुनेन डा.गोविन्द केसीका माग
काठमाडौं । डाक्टर गोविन्द केसीको १९ औँ अनसनको १६ दिन मंगलबार पूरा भएको छ । तर, केसीले अघि सारेका चिकित्सा शिक्षा क्षेत्र सुधारका मागप्रति सरकार बेखबर जस्तै छ । आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसी यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् । डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालले थप उपचारको प्रवन्ध मिलाएको छ । तर, केसीले उपचार लिन मानेका छैनन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत भएतापनि तरल तथा इलेक्ट्रोलाइन लिन डाक्टर केसीले अस्वीकार गर्दै आएका छन् । माग सम्बोधनका लागि १९ औं चरणको अनसनमा बसेका केसीलाई बारम्बार छाती दुख्ने, धड्कनको गति एकनाश नहुने, मांसपेशी बाउँडिने, थकाइ र पटक पटक चक्कर लाग्ने समस्या उत्पन्न हुदै आएको अस्पतालका प्रवतmा रामविक्रमले जानकारी दिए । उनका अनुसार अहि अवस्था रहे जुनसुकै बेला आइसियुमा राख्नुपर्ने अवस्था आउनसक्छ ।
रगतमा सेतो रक्तकोषिकाको संख्या पनि कम देखिनुका साथै ब्लड सुगरमा कमी, सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फोस्फोरसजस्ता इलेक्ट्रोलाइटको मात्रा समेत घटेको पाइएको छ । आपतकालिन रक्त बाहिनी नलीमा पहुँच कायम राख्न डाक्टर केसीलाई सामान्य स्लाइन दिइएको छ । अन्य तरल तथा इलेक्ट्रोलाइन लिन डा. केसीले अस्वीकार गर्दै आएका छन् ।
अनसनको समर्थनमा सोलिडारिटी अफ डा.केसी अलायन्सले काठमाडौंको माइतीघर मण्डलामा हरेक साँझ ५ बजे प्रदर्शन गर्दै आएको छ । तर, डाक्टर केसीले जुम्लादेखि काठमाडौंसम्म अनसन बसेको १६ औं दिनसम्म सरकारले कुनै प्रक्रिया समेत दिएको छैन् । १८ औं पटकसम्म अनसन बसेका केसीसँग बिभिन्न बुदाँमा सहमति गरेको सरकारले अनसन तोडाउन कुनै पहल नगर्नु दुर्भाग्य हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #गोविन्द केसी, #सोलिडारिटी अफ
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्