डाक्टर गोविन्द केसी घर जान्छु भन्दै पुगे त्रिबि शिक्षण अस्पतालमा, अनसान जारी

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा पुगेका छन् । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले उनलाई डिस्चार्ज गरेपछि घर जान निस्किएका डाक्टर केसीद्धारा सहयोगीहरुका साथमा ट्याक्सी चढेर त्रिवि शिक्षण अस्पताल पुगेर अनसन जारी राखेका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी मंगलवार नेपालगन्जबाट काठमाडौं आइपुगेका थिए । १९ औं सत्याग्रहको नवौं दिन केसीनेपालगन्जबाट बुद्ध एयरको नियमित उडान मार्फत् काठमाडौं आएका थिए । अनशन जारी रहेकै अवस्थामा जुम्लाबाट काठमाडौं हिडेका डा केसी सोमबार नेपालगञ्ज पुगेका थिए ।
नेपालगञ्बाट काठमाडौ आएसर्गै महाराजगन्जस्थित शिक्षण अस्पताल महाराजगन्जमा आफ्नो सत्याग्रह जारी राख्ने बताएका केसीलाई एका एक काठमाडौको राष्ट्रिय ट्रमा सेन्टर लगियो । तर, उक्त स्थानमा न अभियन्तालाई प्रवेश गर्नदिइयो न सञ्चरमाध्यम लाई नै । त्यहाँको सुरक्षा व्यवस्थालाई कडा पार्दै डाक्टर केसीलाई ट्रमा सेन्टरको इमर्जेन्सिमा राखी उपचार गर्न लागिएको थियो । जवरजस्ती डा् केसीको इच्छा विपरीत अन्यन्त्र अस्पतालमा लागिएको भन्दै डाक्टर केसी र केसीका समर्थकहरु आक्रोसी भएका छन् ।
केसी समर्थक पृतम सुवेदीले सरकार सत्याग्राहीसग वार्ता गर्न पछि परेको भन्दै इच्छा विपरीत जवरजस्ति अस्पताल लगिएको प्रति आक्रोश पोखेका थिए । भदौ २९ गतेदेखि जुम्लामा अनशन थालेका डा केसीको स्वास्थ्य बिग्रिएपछि उनलाई गत शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान लगिएको थियो । डाक्टर केसीले उक्त अस्पतालमा आक्रमण हुन सक्ने अवस्था भएको भन्दै काठमाडौं जाने निर्णय गरेका थिए । उनले ६ बुँदे माग राख्दै अनशन थालेका थिए । डा. केसीको यो १९ औं सत्याग्रह हो ।
साथै कोभिड तथा अन्य रोगका सबै बिरामीका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने र २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग गर्दै अनसन बसीरहेका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीको चिकित्सा शिक्षा क्षेत्र सुधारको आन्दोलन २०६६ सालदेखि सुरु भएको हो ।
चिकित्सा क्षेत्रमा बेथितीको जगजगी रहेकाले ती हटाउँदै मेडिकल शिक्षामा ब्यथिति बसाउनुपर्छ भन्ने लगायतका माग पूरा गराउन २०६९ सालदेखि अनसन सुरु गरेका हुन् । २०७७ सालसम्म आइपुग्दा डाक्टर केसी चिकित्सा शिक्षा सुधारकै लागि भनेर अनसन बसेको १९ औं पटक पुगिसकेपनि सरकार र डा केसी बीच पछिल्लो चरणमा बार्ता हुन सकेको छैन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा
तपाईको कमेन्ट लेख्नुहोस्