काठमाडौंमा फेरि जोरबिजोर प्रणाली, १६ सिट क्षमताभन्दा माथिका सवारी चल्ने
काठमाडौं । उपत्यकामा बिहीबारदेखि फेरि जोरबिजोर प्रणाली लागू भएको छ । १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको हो । तीन सातादेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
यस्तै, सबै किसिमका निजी सवारीका साधनमा पनि जोरबिजोर नियम लागू गर्ने निर्णय गरिएको हो । यसैगरी उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि पनि समय निर्धारण भएको छ । अव बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि पनि सञ्चालन हुन पाउनेछन् ।
मंगलबार उपत्यकाको कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको थियो । सरोकारवालाले निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका थिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका प्रजिअ नारायण प्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डे सम्मिलित बैठकले भेला जम्मा भएर मेला महोत्सव मनाउन र भोज, भतेर गर्न निषेध गरेको छ । ब्यूटी पार्लर र कपाल काट्ने ब्यवसाय पनि खोल्न पाइने छैन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #उपत्यकामा निषेधाज्ञा खुकुलो, #काठमाडौंमा फेरि जोरबिजोर प्रणाली
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्