एकैदिन ९८० जनामा कोरोना संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३ सय ८२ नमुना परीक्षण गर्दा २ सय ९० महिला र ६ सय ९० पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ । उनीहरुमध्ये २ सय ८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९ सय ४१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २ सय ९०, ललितपुर र भक्तपुरमा ३२/३२ जना छन् । यस्तै सुनसरीका ८६ जना, बाराका ७३, सुर्खेतका ४४, रुपन्देहीका ३५, चितवनका ३०, मोरङका २९, झापाका २८, पर्साका २५, स्याङ्जाका २२, कास्की र कैलालीका २१/२१ जना, पाल्पाका १९, नवलपुरका १२, सप्तरी, अर्घाखाँची र अछामका ११/११ जना, धनुषा, धादिङ र बझाङका १०/१० जना संक्रमित भएका छन् ।
रौतहटका ८ जना, दोलखा र तनहुँका ७/७ जना, संखुवासभा, सिराहा, बर्दिया र बाँकेका ६/६ जना, सर्लाही, गोरखा र जुम्लाका ५/५ जना, कपिलवस्तु र प्युठानका ४४ जना, महोत्तरी, दाङ, बाग्लुङ र कञ्चनपुरका ३/३ जना, सिन्धुली, नवपरासी, लमजुङ, जाजरकोट, दैलेख र डडेलधुराका २/२ जना तथा उदपयुर, ओखलढुंगा, ताप्लेजुङ, भोजपुर, काभ्रे, सिन्धुपाल्चोक र कालीकोटका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ। परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन्। क्वारेन्टिनमा बसेका मन्त्रीले मन्त्रालयको काम घरबाटटै गरिरहेका छन्। तीन दिन अगाडि उनको परिवारका सदस्यमा संक्रमण पुष्टि भएको थियो।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्