Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

बामदेवको आगमन, युवराजको बर्हिगमन


काठमाडौं । कम्युनिष्ट पार्टी भित्र र कम्युनिष्ट सरकार हुदाँ सधै अगाडी आउने नाम हो बामदेव गौतम । एकै पटकको निर्वाचनमा दुई–दुई स्थानवाट चुनाब जितेका बामदेव गौतम गत संसदीय निर्वाचनमा जनमतबाट पराजित भएपछि उनको संसद् छिर्ने विषय नेपाली राजनीतिमा केही महिनाको अन्तरालमा निस्कीरहने बिषय हो । राष्ट्रियसभाका सांसदको पदावधि सकिदाँ होस् या प्रतिनिधिसभामा नेकपाको तर्फवाट कुनै सिट खाली हुदाँ नै किन नहोस् सधै पार्टीको माथिल्लो तहवाटै संसदमा ल्याउनु पर्छ भन्दै निकै चर्चा हुने पात्र बनेका छन् नेकपा उपाध्यक्ष बामदेब गौतम । गौतमले यस पटक भने बाजी मारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बिश्वास पात्र हालका अर्थमन्त्री युवराज खतीवडालाई लत्रयाएर पार्टी उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाई माथिल्लो सदनमा भित्रयाएका छन् ।

नेकपा उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभाको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लडाउने वा राष्ट्रिय सभामा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संशोधन गरेर प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव पहिले देखि नै थियो  । तर, गौतम संसद् सदस्य बन्ने विषयका नयाँ–नयाँ आयाम पटक–पटक दुर्घटनामा पर्दै आईरहेका छन् । संसदीय निर्वाचनमा आफ्नै गृहजिल्ला बर्दियाबाट पराजित गौतमले डोल्पाबाट चुनाव लड्न निकै कोसिस गरी पर्यटन राज्यमन्त्री बुढालाई राजीनामा दिने वचन दिए पनि त्यो पूरा हुन सकेन । त्यस पछि गौतमले दैलेख, बाँके र नवलपरासीका सांसदलाई राजीनामा गर्न लगाई चुनाव लड्ने तयारी गरेका थिए । तर त्यसमा पनि गौतम सफल भएनन् ।

काठमाडौं–७ का रामवीर मानन्धरले भने गौतमलाई आफ्नो क्षेत्रमा स्वागत गर्दै सांसद पदबाट राजीनामा दिए । तर, प्रधानमन्त्री ओलीलाई समेत थाहा नदिई राजीनामा आएको भन्दै जननिर्वा्चित सांसदलाई राजीनामा दिन लगाएर संसद् छिर्न खोजेको भन्दै गौतमको सार्वजनिक आलोचना भएको थियो । त्यसपछि तत्काली पर्यटन मन्त्री रबिन्द अधिकारीको हेलीकोप्टर दुर्घटनामा निधन भएसँगै कास्कीवाट चुनाब लड्ने कुरो पनि कुरामै सिमित हुन पुग्यो । यसबिचमा प्रधानमन्त्री ओलीको पार्टीभित्रैबाट राजीनामा माग्नेृ सम्मको अवस्था श्रृजना भई पार्टी फुटको संघारमा पुगेको बेला पार्टीभित्रको आन्तरीक कलहलाई साम्य पार्न गौतमले ६ बुदे प्रस्ताब केन्द्रिय समित बैठकवाट ल्याएपछि नेकपाले बिवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलको रिर्पोट अहिले पार्टी अध्यक्षद्धय ओली र दाहालले अध्ययन गरीरहेका छन् ।

यता भदौ २० गते पदावधि सकिन लागेका अर्थमन्त्री डाक्टर युवराज खतीवडाको स्थानमा उपाध्यक्ष गौतमलाई ल्याएर प्रधानमन्त्री ओलीले आफ्नो पद त जोगाएकै हुन् । प्रतिनिधिसभाबाट संसद् छिर्ने बाटो कठिन बन्दै गएपछि गौतमले राष्ट्रिय सभाको बाटो पछ्याउन थालेका थिए । राष्ट्रिय सभाका १८ सिटका लागि भएको निर्वाचनमा गौतमलाई उम्मेदवार बन्न स्वयं प्रधानमन्त्री ओलीले आग्रह गर्दा समेत उनि मानेका थिएनन् । कारण ‘राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने’ अडान गौतमले राख्दा प्रधानमन्त्रीले ओलीले त्यसलाई अस्वीकार गरेका थिए । त्यसपछि राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यका रूपमा राष्ट्रिय सभा जान गौतम तयार भए । तर, यो एक मात्र सिटका लागि प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडाका लागि तयार पारेका थिए ।

ओलीको इच्छाविपरीत फागुन दोस्रो साताको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने कोटामा सिफारिस गर्ने निर्णय गरेको थियो । प्र्रधानमन्त्री आफैँले गौतमलाई फेरि संसद् बनाउने प्रस्ताव ब्युँताएर ल्याएका थिए । गौतम राष्ट्रिय सभामा पुगेपनि त्यहाँबाट प्रधानमन्त्री हुन सजिलो छैन । किनकि संविधान संशोधन गर्न नेकपासँग दुईतिहाइ छैन । तैपनि नयाँ प्रस्तावले गौतमलाई फेरि तरंगित बनाएको छ । जे होस राष्ट्रिय सभाका सांसद भएका गौतमलाई प्रधानमन्त्री बन्ने यात्रा असम्भव भने छैन । तर यसका लागि गौतमले आफ्नो रणनीति कसरी अघि सार्छन् त्यो भने हेर्न बाँकी नै छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #बामदेव, #युवराज, #राष्ट्रियसभा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं