एकैदिन १ हजार १२० जनामा कोरोना पुष्टि,१ हजार ११२ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय २० महिला र ८ सय पुरुष गरी १ हजार १ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै देशभर कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४ सय ९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६ सय १५ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ । देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ सय ५१ पुगेको हो । काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।
क्याटेगोरी :
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
समाचार,
स्वास्थ्य
ट्याग : #कोरोना भाइरस सक्रमित, #निको
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्