उपत्यकामा २९८ सहित देशभर ८९९ जनामा कोरोना संक्रमण

काठमाडौं । उपत्यकमा एकैदिन थप २ सय ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौंमा १ सय ९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना गरी २२ सय ९८ जनामा संक्रमण भएको जानकारी दिए ।
त्यस्तै, देशभर थप ८ सय ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। जसमा महिला ३ सय ३ र पुरुष ५ सय ९६ जना गरी देशभर ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७ सय १ जना रहेका छन् । यस्तै, होम आइसोलेशनमा ७ हजार १ सय २१ जना रहेका छन् । सोमबार ११ हजार १ सय २९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४ सय १० जना निको भएको मन्त्रालयले जनाएको छ ।
एकैदिन कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २ सय २८ पुगेको छ। मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उपत्यकामा २९८, #कोरोनाभाइरस संक्रमण पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्