२० जनाले जिते प्लाज्मा थेरापीबाट कोरोना, १ सय ८६ गम्भिर बिरामी
काठमाडौं । नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना भन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् । देशका विभिन्न अस्पतालमा प्लाज्मा थेरापीबाट २० जना कोरोना संक्रमितको सफल उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेका छन् ।
मन्त्रालयले ग्रान्डी इन्टरनेसनल अस्पताल ब्लड बैँकमा अहिलेसम्म २० देखि ५९ वर्षका ३७ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना, बुटवल अस्पतालमा २ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना गरी ४२ जनाले प्लाज्मा दान गरेको जनाएको छ । कोभिड १९ का संक्रमित व्यक्तिहरुका लागि नियमित रक्तदान गर्न चाहने व्यक्ति तथा संस्थाले सुरक्षित तवरबाट रक्तदान गर्न सम्बन्धित अस्पताल, रेडक्रससँग समन्वय गरी सहयोग गर्न समेत मन्त्रालयले सबैमाझ आग्रह गरेको छ ।
बढ्दै छन् कोरोनाका गम्भिर बिरामी
बाग्मतीमा १७, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना गरेर देशभर २२ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, १ सय ६४ जना आईसीयूमा उपचाररत रहेकोमा सबैभन्दा धेरै बाग्मती प्रदेशमा ८१ जना संक्रमित आईसीयूमा छन् ।
प्रदेश २ मा ४४, प्रदेश १ मा ४१, प्रदेश ५ मा १५ र गण्डकी प्रदेशमा ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । दिनप्रतिदिन गम्भिर बिरामीसँगै मृत्युदर बढिरहेको छ । देशभर ३६ हजार ४ सय ५६ संक्रमण देखिदा १ सय ९५ कोरोना संक्रमणबाट मृत्यु भएको छ । २० हजार २ सय ४२ ले कोरोना जित्दा देशभर १६ हजार १९ उपचाररत छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #गम्भिर बिरामी, #प्लाज्मा थेरापी
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्