कोरोनाले ठप्प भएको खेल क्षेत्र : न प्रतियोगिता न अभ्यास
काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्या दिनप्रतिदिन बृद्धि भएसँगै खेल क्षेत्र अस्तव्यस्त भएको छ । संक्रमणको त्रासकै कारण खेलाडिले न त कुनै खेल प्रतियोगितामा भाग लिन पाएका छन्, नत अभ्यास नै । अभ्याससमेत गर्न नपाएका खेलाडिले वैकल्पिक व्यवस्थाको अपेक्षा गरेका छन् । नेपालमा दिनप्रतिदिन कोरोना भाईरस संक्रमित बृद्धि भएसंगै सरकारखे खेल क्षेत्रमा हुने सबै क्रियाकलापमा रोक लगाएको छ । जसले गर्दा सबै खेलाडि प्रभावित भएका छन् । खेल क्षेत्रमा २७ बर्षको लामो अनुभव बटलेका करातेका खेलाडी मण्डेकाजी श्रेष्ठ कोरोनाको कारण खेलाडिहरुलाई ठुलो असर परेको बताउछन् ।
१३ औ सागमा २ सुवर्ण पदक हात पारेका श्रेष्ठ खेलाडीलाई आफ्नो सरिर तन्दुरुस्ट राख्न खानामा ध्यान दिएर बिहान र बेलुका गरी दैनिक कम्तिमा ४ घण्टा अभ्यास गर्नैपर्ने बताउछन् । तर अहिले खेलाडिले भनेजति अभ्यास गर्न पाएका छैनन् । त्यति मात्रै कहाँ हो र ? पुर्वनिर्धारित विभिन्न प्रतियोगिता पनि नहुँदा खेलाडि निराश छन् । अर्की खेलाडि आयशा शाक्य पनि यतिबेला खुशी छैनन् । कोरोना भाईरसको संक्रमणले नियमित अभ्यास गर्न नपाएको आयसाको भनाई छ । यता कोरोनाकै कारण अप्रिल र मे मा हुने वल्र्ड च्याम्पियन र एसियन च्याम्पियन खेल समेत रोकिएकोले खेलाडिलाई ठुलो असर परेको छ ।
सरकारले बन्द सत्र गरी होस्टलको व्यावस्था गरेर खेलाडीलाई अभ्यास गर्ने व्यावस्था गर्नुपर्ने आयशाको माग छ । यता सानै उमेर देखि खेल क्षेत्रमा उच्च दखल भएकी उसुको खेलाडी जुनि राईले पनि दक्षिण एसियाली खेलकुद १३ औ सागमा सुवर्ण जित हात पारिन । त्यो समयमा प्रशिक्षकसंगै रहेर अभ्यास राम्रो गरेको कारण बिभिन्न बिधाका खेलाडिहरुले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०६ पदक .हात पार्न सफर भएको उनको भनाई छ । तर कोरोनाको कारण घरमै बसेर अभ्यास गरेकोले अब आउने खेल प्रतियोगितामा जित निकाल्न निकै चुनौती भएको राईको भनाई छ । यसरी बिभिन्न खेल रोकिएको कारण समस्या परेको खेलाडिहरुलाई संक्रमणको अन्त्य भएसंगै आयोजना हुने खेलमा समाबेस गराउने योजनाको साथ स्वास्थ्य सुरक्षाका पालनम गर्दै अभ्यासको राम्रो ब्यावस्था गर्न आवस्यक देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अभ्यास, #खेलाडि प्रभावित
ताजा खबर
- १राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- २अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
- ३निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति
- ४प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
- ५आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे



तपाईको कमेन्ट लेख्नुहोस्