१४ दिनपछि कोरोना परिक्षण नै नगरी घर पठाउन निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउन निर्देशन दिएको छ। संक्रमित भएर अस्पताल भर्ना भएको १० दिनमा गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आए पनि १४ दिनमा परीक्षण नगरी घर पठाउन मन्त्रालयले निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोभिड–१९ को बिरामी व्यवस्थापनको सम्बन्धमा सम्पूर्ण कोभिड अस्पतालहरु र सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै निर्देशन दिएको हो ।
साउन २९ गतेको पत्रअनुसार १० दिनमा पोजेटिभ आएको भएपनि १४ दिनमा भने पीसीआर परीक्षण नगरेरै पठाउनुपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आपतकालीन केन्द्रले १४ दिन भन्दा बढी राखेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोधभर्ना नगर्ने भनि पत्राचार गरेको जानकारी दिए ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना परिक्षण, #कोरोना संक्रमित
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्