१४ दिनपछि कोरोना परिक्षण नै नगरी घर पठाउन निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउन निर्देशन दिएको छ। संक्रमित भएर अस्पताल भर्ना भएको १० दिनमा गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आए पनि १४ दिनमा परीक्षण नगरी घर पठाउन मन्त्रालयले निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोभिड–१९ को बिरामी व्यवस्थापनको सम्बन्धमा सम्पूर्ण कोभिड अस्पतालहरु र सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै निर्देशन दिएको हो ।
साउन २९ गतेको पत्रअनुसार १० दिनमा पोजेटिभ आएको भएपनि १४ दिनमा भने पीसीआर परीक्षण नगरेरै पठाउनुपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आपतकालीन केन्द्रले १४ दिन भन्दा बढी राखेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोधभर्ना नगर्ने भनि पत्राचार गरेको जानकारी दिए ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना परिक्षण, #कोरोना संक्रमित
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्