एकैदिन उपत्यकामा २१६, देशभर ६३४ कोरोना संक्रमित थपिए, ९ जनाको ज्यान गयो
काठमाडौं । नेपालमा एकैदिन ६ सय ३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ सय ६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९ सय १६ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १ सय ३६ जना निको भएका छन् । यस्तै निको हुनेको कुल संख्या १८ हजार ३ सय ५० पुगेको छ ।
एकै दिन कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #काठमाडौं उपत्यका, #कोरोनाभाइरस संक्रमित, #सक्रिय संक्रमित
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्