Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

बढ्दै उपत्यकामा कोरोना संक्रमण, कमी आएन हेलचेक्र्याईमा


काठमाडौं । उपत्यकामा भीडभाड बढेसँगै कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ । सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढी एकठाउँमा भेला नहुन आदेश दिएपनि नागरिहरुले न भिडभाड गर्न नै छोडेका न सुरक्षाका उपाय अपनाउन नै ध्यान दिएको देखिन्छ । काठमाडौं उपत्यकामा सञ्चालित तरकारी पसल, कपडा पसल लगायतको बजार क्षेत्रसँगै सरकारी र नीजिक कार्यालय जताततै भीडैभीड नै भीडभाड छ । बैंक वित्तिय संस्था, सरकारी कार्यालयसँगै सडकमा यात्र गर्नेहरुले समेत साबुन पानी, सेनिटाइजरको उचित प्रयोग र भौतिक दूरी कायम गर्न नसक्दा संक्रमितको संख्यासँगै जोखिम बढेको छ । आवश्यक स्वास्थ्य मापदण्डलाई सही तरिकाले प्रयोग नगरिदा व्यवसायीहरु समेत त्रसित छन् ।

हरेक चोक तथा गल्लीहरुमा मानिसहरुको ठेलमठेल । कामै नहुनेहरुले अनावश्यक भिडभाड गर्दा वाध्यताले काममा हिडडुल र किनमेल गर्नैपर्नेहरु नै त्रासमा छन् । मास्कले संक्रमणको जोखिम कम हुने बताइरहदा कतिपय त माक्स विना नै हिडडुल गरिरहेका छन् । अझ भिडभाडमा भौतिक दूरी र सुरक्षाका विधि समेत अवलम्बन नगरिँदा कोरोनाको संक्रमण थप विस्तार भएर भयावह अवस्था आउने संकेत देखिदैछ । सडकमा देखिएका सवारी साधन र मानिसको चहलपहल हेर्दा कोभिड–१९ संक्रमणको त्रास बिर्सिएजस्तो देखिन्छ । अहिलेको असावधानीले भोलिका दिनमा बढ्न सक्ने कोरोना कहर तर्फ न नागरिक जिम्मेवार देखिएका छन न त सरकार नै ।

पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा सट डाउनको चर्चा चलेको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना भाइरसको बढ्दो जोखिमका कारण आइतबारदेखि प्रशासनबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । लकडाउन भोगेका नागरिक सटडाउनको चर्चासँगै अन्यौलमा परे । कतिले यस्तो निर्णयलाई लकडाउनकै संज्ञा दिए भने कतिलाई के निर्णय ग¥यो कुन कुन सेवा बन्द छन् भन्ने जानकारी नै भएन । अहिले यसैका कारण विभिन्न कार्यालयमा जोखिम मोलेर कामका लागि पुग्ने सेवाग्राही यतिकै फर्किनुपर्ने बाध्यतामा छन् । प्रमुख जिल्ला अधिकारीहरुले एकमत भएर जिल्ला प्रशासन कार्यालयको सेवा बन्द गर्ने निर्णय गर्दा सामान्यतया जिल्लाका अन्य सरकारी सेवाहरु, उद्योग कलकारखाना लगायतले दिने सेवाहरु यथावत छन् ।

अन्य भिडभाड हुने कार्यालयहरु मालपोत, नापी लगायतमा दिनहु हुने भीडभाडले जोखिम बढाइरहेको छ । अहिले उद्योगी व्यवसायीहरु बजार पसल सबै ठप्प पारेर निकास ननिस्किने पक्षमा देखिदा कतिपय स्वास्थ्य विज्ञहरु केही समय कडा खालको लकडाउन नै गर्नुपर्ने सुझाब दिइरहेका छन् । तर सरकार पर्ख र हेरको अवस्थामा देखिदा अनि नागरिक तहमा बढेको वेवास्थाले काठमाडौं उपत्यका सहित बढि जनघनत्व र व्यापार व्यवसाय भएका शहरहरुमा कोरोनाको कहर ह्वात्तै बढेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #उपत्यकामा भीडभाड, #भीडभाड, #माक्स विना नै हिडडुल

तपाईको कमेन्ट लेख्नुहोस्