नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित थप एक जनाको मृत्यु भएको छ । बुधबार कोरोना संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको धरानमा मृत्यु भएको हो । उनको बिहीबार राति मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । संक्रमित युवा पछिल्लो तीन वर्ष देखि किड्नीको समस्याबाट पनि ग्रसित भएको बताइएको छ ।
मृतक युवाको शव सिरहा ल्याएर दाहसंस्कार गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव नेपाली सेनाले व्यस्थापन गर्दै आएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
अहिलेसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएकोमा २१ हजार ७ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन् । ६ हजार २ सय ९६ जना आइसोलेशनमा तथा ९ हजार ४ सय ७० जना क्वरेण्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस, #थप एक जनाको मृत्यु, #मृत्यु हुनेको संख्या ६६
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्