पशुपति क्षेत्र विकास कोषको गुरुयोजनामा वडाध्यक्ष र स्थानीयको बिरोध

काठमाडौं । विश्व सम्पदा सूचिमा सुचिकृत पशुपति क्षेत्रको समग्र रेखदेख र व्यवस्थापनको जिम्मेवारी पाएको पशुपति क्षेत्र विकास कोष एकपछि अर्को बिवादमा मुछिदै आएको छ । समग्र पाशुपत क्षेत्रको विकासका लागि ल्याइएको गुरुयोजना बारे स्थानीय तह र नागरिकलाई समयमा जानकारी नगराउँदा र गुरु योजना अनुसार कोषले काम समेत नगर्दा पाशुपत क्षेत्रको बृहत्तर विकास प्रभावित हुँदै आएको छ । ऐतिहासिक तथा धार्मिक पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण मानिने पाशुपत क्षेत्रको बृहत्तर विकासका लागी गुरुयोजना तयार गरेर काम थालेको लामो समय भएपनि अहिलेसम्म झारो टार्ने काम बाहेक केही हुन सकेको छैन ।
करिब २ सय ४० हेक्टर जमिनमा फैलिएको पाशुपत क्षेत्र र पशुपतिनाथ मन्दिर व्यवस्थापनका लागि कोषले बिगत देखि नै बिभिन्न योजना बनाएपनि काम भने योजना बिपरीत हुँदै आएको छ । गुरुयोजना अनुसार काम गर्न नसकेको, गुरुयोजना बनाउँदा स्थानीय तह र स्थानीय बासिन्दासँग समन्वय नगरेको लगायतका कारण विवादित बन्दै आएको पशुपति क्षेत्र विकास कोषले गुरुयोजना स्विकृत नै नगरी पूर्वाधार निर्माण लगाएको काम थालेर स्थानीयलाई आक्रेशित बनाउँदै आएको छ । आइतबार समेत पशुपति क्षेत्र विकास कोषले पछिल्लो गुरुयोजनाबारे आयोजना गरेको कार्यक्रम स्थलमै पशुपति क्षेत्र विकास कोष खारेजीको माग गर्दै नारा लाग्दै आएको छ ।
पाशुपत क्षेत्रको बृहत्तर विकासका लागि आफ्नो जग्गा जमिन दिएका स्थानीय गुरुयोजना अनुसार काम नभएको भन्दै लामो समयदेखि पशुपति क्षेत्र विकास कोषका गतिबिधिको बिरोध गरिरहेका छन । तर, कोषले गल्ती सुधार्नुको साटो मनलाग्दी विकासलाई निरन्तरता दिइरहेको छ । धार्मिक, आध्यात्मिक, पर्याटकिय, पुरातात्यिक, संस्कृतिक, ऐतिहासिकताको धरोहरको रुपमा मानिएको पशुपति क्षेत्रको विकासमा कोषले झारो टार्ने काम मात्र गरेको भन्दै स्थानीय आक्रोसित बन्दै आएका छन् । पशुपति क्षेत्रका सम्पदाको संरक्षण, सेवा सुबिधाको अवस्था, पूर्वाधार निर्माण लगायतलाई समेटेर गुरुयोजना तयार गर्ने गरिएको छ । तर, प्रत्येक बर्षका काम गराई गुरुयोजना बिपरित भएको र आफूहरुसँग समन्वय नभएको भन्दै स्थानीयमा आक्रोश बढिरहेको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि भन्दै २०५६ साल देखि १० बर्षे गुरुयोजना बनाएर काम गर्दै आएको छ । तर, स्थानीय गुरु योजना बनेदेखि नै असन्तुष्ट छन् । एकतर्फी र मनोमानी रुपमा अघि बढाइएको गुरुयोजना बारे स्थानीय र काठमाडौं महानगरपालिका–८ वडाध्यक्ष दिनेश कुमार ढंगोल समेत अनविज्ञ छन् । गुरुयोजनाबारे छलफल नै नगराई आफूखुसी काम गर्दै आएको पशुपति क्षेत्र विकास कोष भने पाशुपत क्षेत्रको विकासमा जिम्मेवार भएर काम गरिरहेको दाबी गर्छ ।
स्थानीयको बिरोधकाबीच पशुपति क्षेत्र विकास कोषले आफ्नो काम गर्दै आएको छ । लाखौ नागरिकको आस्थाको धरोहर मानिएको पशुपतिनाथ क्षेत्रको बृहत्तर विकास हुनुपर्छ । तर, यसो भन्दैमा हिजो पाशुपत क्षेत्रका लागि योगदान गरेका स्थानीयको माग र आवाजलाई बेवास्ता गर्न पनि मिल्दैन । विश्व सम्पदा सूचीमा सुचिकृत पाशुपत क्षेत्रको गुरुयोजना र बृहत्तर विकासमा स्वार्थ र राजनीति नहोस् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पशुपति क्षेत्र विकास कोष
तपाईको कमेन्ट लेख्नुहोस्