चार चिकित्सक पक्राउ,अवैध मिर्गौला प्रत्यारोपणको आरोप
काठमाडौं । चितवनमा ४ जना चिकित्सक पक्राउ परेका छन् । कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज भरतपुरबाट चार चिकित्सक पक्राउ परेका हुन् । अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अस्पतालको मिर्गौला रोग विभागका प्रमुख प्रा. डा. राकेश बर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् । यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् ।
कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए । त्यसको अनुसन्धानका क्रममा प्रहरीको अपराध अनुसन्धान ब्यूरोले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चिकित्सक पक्राउ
ताजा खबर
- १राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति
- २बालेनभन्दा ७० प्रतिशत भोट ल्याएर जित्ने एमाले अध्यक्ष ओलीको दाबी
- ३प्रतिनिधिसभा निर्वाचनः यी ४ जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी
- ४यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि, तालिकासहित
- ५प्रधानमन्त्री कार्कीको सन्देशः फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ



तपाईको कमेन्ट लेख्नुहोस्