बिद्यार्थीको भविष्यमा छैन् त्रिबिको चासो, स्थगित परिक्षाबारे किन मौन ?
काठमाडौं । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले चैतदेखि गरेको लकडाउनले त्रिभुवन विश्वबिद्यालयका सबै बार्षिक परिक्षा रोकिएका छन् । उच्च माध्यामिक परिषदले एसर्ईई र कक्षा ११ को बार्षिक परिक्षा आन्तरिक मूल्याङकनबाट गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ । तर, त्रिभुवन बिश्वबिद्यालय अन्र्तगतका रोकिएका परिक्षाबारे भने कसैको चासो पुगेको छैन् । चैत ११ गतेखि सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गर्यो । कोरोनाकै त्रासका कारण चैत ६ गते तोकिएको एसईई परिक्षा पनि अन्तिम समयमा सरकारले स्थगित गर्यो । एसईई र कक्षा ११ को आन्तरिक मूल्याङकनका आधारमा परिक्षाफल प्रकाशित गर्ने निर्णय भइसकेको छ । कक्षा १२ को परिक्षाका बिषयमा पनि छलफल चलिरहेको छ । तर, त्रिभुवन बिश्वबिद्यालयका स्थगित भएका परिक्षाबारे कसैले चासो दिएको छैन् ।
कोरोनाकै कारण स्नातक र स्नातकोत्तरका परिक्षा स्थगित भएका थिए । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस, र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित छन् । पोस्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्राजुएट इन वुमन स्टडिज तथा कानुन संकायका नियमित तथा आंशिक परीक्षा पनि रोकिएका छन् । परिक्षा कहिले र कसरी गर्ने भन्नेमा नै त्रिबि अलमलमा छ ।
लाखौं बिद्यार्थी परिक्षा कहिले हुन्छ भन्ने अन्यौलमा छन् । कतिपय बिद्यार्थी त राजधानी बाहिर रहेका कारण पनि परिक्षाबारे बारम्बार ताकेता गरिरहेका छन् । स्वास्थ्य सर्तकतासहित शुक्रबारदेखि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय पनि गरेको छ । तर, स्थगित परिक्षाबारे अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन् । प्राध्यापक डाक्टर सुर्वण शाक्यको नेतृत्वमा बनेको ‘कमिटी अफ अल्टरनेटिभ एक्जाम मोड’ले परिक्षबारे छलफल गरेपनि ठोस निर्णय बाहिर आएको छैन् । सेमेष्टर प्रणालीको परीक्षा आन्तरिक मुल्यांकनबाट गर्नेबारे पनि समितिमा छलफल चलिरहेको बताइएको छ । अझै कोरोना संक्रमण नरोकिएका कारण परिक्षा अझै कति समय रोकिने हो कुनै टुंगो छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #परिक्षाबारे किन मौन
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्