आर्थिक संकटमा परेको सरकारले एकैपटक ६० अर्ब वैदेशिक ऋण स्वीकार

कठमाडौं । सरकारले दैनिक खर्च समेत धान्न धौ धौ परिरहेको भनिरहेका बेला बैदेशिक ऋण प्राप्त भएको छ । एकै पटक सरकारले करिब ६० अर्ब वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ । असार २२ गतेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले थप १८ अर्ब वैदेशिक ऋण लिन वार्ता टोली गठन गरेको जानकारी दिए । सरकारले विश्व बैंकबाट ७२ अर्ब ऋण लिने भएको छ । रणनीतिक सडक सुधार आयोजना र ब्यापारिक मार्ग सुधार आयोजनाका लागि ३ सय मिलियन अमेरिकन डलर ऋण स्वीकार गर्ने सरकारले निर्णय भएको छ ।
त्यस्तै, विश्व बैंकबाटै ‘स्केल अफ फेसिलिटी’ अन्तरगत १ सय ५० मिलियन डलर ऋण पनि सरकारले स्वीकार गरेको छ । यी दुबै ऋण रकम करिब ५४ अर्ब हुन्छ । अर्थमन्त्रालयको प्रस्तावमा शहरी क्षेत्रको शासकीय सुधार र पूर्वाधार विकासका लागि थप विश्व बैंक अन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगमबाट १८ अर्ब ऋण लिन वार्ता टोली पनि गठन भएको प्रवक्ता खतिवडाले जानकारी दिए । यो १८ अर्ब रकम २९ वटा नगरपालिकामा खर्च हुने जनाइएको छ । त्यसैगरी नागरिक उड्डयन क्षेत्रमा सुधारको काम गर्न एसियाली विकास बैंक (एडीबी) बाट बजेट सहयोग अन्तरगत प्राप्त हुने ६ अर्ब बराबरको ऋण सहायता पनि सरकारले स्वीकार गरेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #६० अर्ब वैदेशिक ऋण
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्