सडक कालोपत्रे नभएसम्म हरिसिद्धि गोदावरी सडक बन्द, वडाध्यक्ष समेत आन्दोलनमा
काठमाडौं । ललितपुर महानगरपालिकाको हरिसिद्धिमा सडक पिच नभएको भन्दै वडाध्यक्ष समेत आन्दोलनमा उत्रिएका छन् । वडा नम्बर २८ का अध्यक्ष राजेश महर्जन स्थानीयले गरेको आन्दोलनमा एक्यबद्धता जनाउन सडकमै गएका हुन् । उनले आफूले सडक निर्माणका लागि पटक पटक ध्यानाकर्षण गराउँदा समेत कसैले चासो नदिएको गुनासो गरे । हरिसिद्धमा सडक नबनेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । ‘गुमज महिला समूह’को आह्वानमा हरिसिद्धिका विभिन्न महिला समूहहरूले सोमबारदेखि सुरु गरिएको आन्दोलन मंगलबार पनि जारी छ ।
लामो समयसम्म पनि सडक पिच गर्न कसैले ध्यान नदिएपछि बिभिन्न नारासहित सडकमै उत्रिएका हुन् । एम्बुलेन्स बाहेक अन्य सवारी साधान आवात जावतमा रोक लगाइएको छ । सडक कालोपत्रे नभएसम्म हरिसिद्धि गोदावरी सडकखण्डमा आन्दोलन जारी राख्ने स्थानीयहरुले बताएका छन् । ग्राभेल हालेर पिच गर्नुपर्ने सडकमा माटो हालेर जनतालाई सास्ती दिएको भन्दै स्थानीयले लामो समयदेखि आन्दोलन गरिरहेका छन् । उक्त सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धूलो उडेर हैरान भएको स्थानीयको भनाई । सडक पिच नहुने बेलासम्म आन्दोलन जारी राख्ने आन्दोलित महिलाहरूको चेतावनी छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #हरिसिद्धि सडक
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्