केपीलाई एक्लो बनाएका प्रचण्ड, माधव, झलनाथ र बामदेवको गठबन्धन कति टिक्ला ?

काठमाडौं । नेकपाभित्रको कुर्सीको लडाईले शुक्रबार दिनभर नेताहरुलाई दौडधुप बनायो । कतिबेला पुलचोकस्थित मन्त्री क्वाटर त कतिबेला धम्बाराहीमा रहेको पार्टी कार्यालय । प्रधानमन्त्री निवास बालुवाटार, प्रचण्ड निवास खुमलाटार नपुग्ने त कुरै भएन । आ आफनै गुटगत भेलाले बालकोट, भैंसीपाटी र डल्लुका नेताका घर पनि बहसले तातिए । गुट फेरबदल मात्रै होइन आफू कता लाग्दा फाइदा हुन्छ भन्ने नेताहरुको दौडधुप पनि जारी नै रह्यो । जनता कोरोनाको त्रासले साँझ र विहानको छाक कसरी टार्ने भन्ने चिन्तामा रहँदा राजनिति बृत्तमा भने फेरि उही कुर्सीको लडाई सुरु भएको छ ।
ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबैे पदबाट बाहिर राख्न चाहेका प्रचण्ड, माधव, झलनाथ र बामदेवको कसरत कहाँ गएर टुंगोमा पुग्छ यसै भन्ने अवस्था छैन् । तर, झण्डै २५ बर्षदेखि एकछत्र पाटीमा हैकम जमाएका प्रचण्ड एमालेसँगको पाटी एकतापछि दोस्रो बरियतामा परेको पहिलो पटक हो । तत्कालिन माओवादीमा मोहन बैद्य र बाबुराम भट्टराईले कयौं पटक अन्तरद्धन्द चलाए । तर, प्रचण्ड बरु पाटी फुटाउनै दिएर भएपनि पार्टीको नेतृत्व कहिल्यै छोडेनन् । जनयुद्धका सारथीहरु छिन्नभिन्न भएपछि अन्तत प्रचण्डले एमालेसँगै पाटी एकता गरे । त्यो पनि साँढे दुई बर्षपछि आफू प्रधानमन्त्री बन्न । सार्वजनिक रुपमै आफै प्रचण्डले भनेका थिए म चलायमान छु स्थिर रहन सक्दैन् । अनेकौ गोटी चाल्न माहिर प्रचण्डले यतिबेला तत्कालिन एमालेका शिर्ष नेताहरुलाई आफनो पकडमा लिएका छन् । प्रधानमन्त्री ओलीमा देखिएको दम्भ र कुर्सीको अहमता र प्रचण्ड माधव र झलनाथको गठजोडले नेपालमा फेरि अस्थिरता पैदा गरिदिएको छ ।
भोकै बस्ने जनताको पिर भन्दापनि यतिबेला कुर्सी कसरी जोगाउने र खोस्ने भन्ने लडाईले सबैलाई चिन्तित बनाएको छ । गाउँमा छोटे राजाहरुको शासनले हैरान भएका जनता फेरि सत्ता परिर्वतनको खेलले बाह्र बर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो जस्ताको तस्तै भन्ने उखान चरितार्थ गरिदिएको छ । ओलीले राजीनामा दिएपनि फेरि कुर्सीमा बस्न आउने उहि प्रचण्ड, नेपाल, खनाल हुन् नी । उनीहरुको कार्यशैली, काम गराईको ढंग मात्रै होइन सत्तामा पुग्दा राम्रो चाँहि के गरे ? उनीहरुले गरेको उल्लेखनिय काम चाँहि के ? यति पटक, उति पटक प्रधानमन्त्री भए भनेर धाक लगाउनलाई, सिंहदरबारमा फोटो राख्नलाई जे गरेपनि जनताले हुन्छ हस् भन्दिनुपर्ने ?
रातको १२ बजे बालुवाटारमा युवाहरुलाई बोलाएर मेरो पक्षमा देशभर प्रदर्शन गर भनेर सरकारी ढुकुटीबाट चिया खुवाएर पठाउनेहरुले अव देशका लागि सोच्छन् भन्न गाह्रो परिसक्यो । सबैले सरकारी ढुकुटी रित्याउनु भएकै छ ? आराम गर्नुहोस् भिजन भएको, काम गर्ने आँट भएका ब्यक्तीलाई सरकारको नेतृत्व दिनुहोस् ? पार्टीको आन्तरिक कलह र स्वार्थका लागि कुर्सीको लडाई जनताले कहिलेसम्म टुलुटुलु हेरिरहने ?
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख
ट्याग : #नेकपाभित्रको कुर्सीको लडाई
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्