नेपालीको आम्दानी बढ्यो, प्रतिव्यक्ति १ हजार ९० अमेरिकी डलर पुग्यो
काठमाडौं । नेपाल निम्न आयबाट निम्नमध्यम आय भएको देशमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको तथ्याँकअनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आय भएको देशमा उक्लिएको हो । गएको वर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपाल निम्न आय भएको देशमा रहेको थियो । सन् २ हजार १९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले १ हजार ३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने देशलाई न्यून आय वर्गमा राख्दै आएको छ । नेपालमा गएको तीन आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको आर्थिक वृद्धिदर क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि त्यही अनुपातमा बढेको हो । दक्षिण एशियाली देशहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको देश माल्दिभ्स रहेको छ । सन् २ हजार १९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६ सय ५० अमेरिकी डलर रहेको विश्व बैंकले जनाएको छ । माल्दिभ्स उच्च मध्यम आय वर्गमा भएको दक्षिण एशियाको एक मात्रै देश हो । यसअघि श्रीलंका पनि उच्च मध्यम आय भएको देशमा थियो । तर यस वर्ष श्रीलंका प्रतिव्यक्ति आय खस्किएर निम्नमध्यम आय भएको देशमा झरेको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #विश्व बैंक
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्