गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्याङ्जामा १२ र नवलपुरमा ८ जना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ वर्षका बालक एक जना र सात वर्षका बालक तीन जना समेत छन् ।
यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र १८ वर्षका दुई जना युवामा पनि कोरोना पुष्टि भएको छ । यसैगरी नवलपुरको बौदिकाली गाउँपालिकामा ८ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु १८ वर्षदेखि ५० वर्ष उमेर समूहका छन् । उनीहरु सबै भारतबाट फर्किएका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस सक्रमित
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्