गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण, प्रदेशमा संक्रमित संख्या १८८ पुग्यो
गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार विहान स्याङ्जा, पर्वत, तनहुँ र पूर्वी नवलपरासीका थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको हो । स्याङ्जाका २२, पर्वतका १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाका संक्रमित गल्याङ नगरपालिकाका सबैभन्दा धेरै १८ जना छन् । उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् ।
यसैगरी वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक बालकमा पनि कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्याङ्जाका एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा पर्वतको कुश्मा नगरपालिकाका १० जना छन् । पर्वतकै पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एक जनामा पनि कारोना पोजेटिभ देखिएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्