काठमाडौंमा रेडियो मार्फत पढाउन कति सम्भव होला ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको पठन पाठन रेडियोमार्फत गर्ने तयारी गरेको छ । महागरपालिकाले आइतबार सूचना जारी गर्दै कक्षा १ देखि १० सम्म रेडियोबाट पढार्इ शुरु गर्नेगरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । जेठ २७ गते मंगलबारदेखि मेट्रो एफएममार्फत कक्षा संञ्चालन हुने भन्दै तयारी अवस्थामा रहने विद्यार्थीलाई भनिएको छ । विद्यार्थी तथा अभिभावकहरुलाई जानकारीको लागि सुचना जारी गरेको महानगरले शिक्षकहरुलाई सहयोग गरिदिन समेत सबै माझ अनुरोध गरिएको छ । रेडियो तथा टेलिभिजनबाट कोरोना महामारीको समयमा शिक्षण सिकाई गरिने गरी तयार भैरहदा यो सिकाई सबैको पहुँचमा पुग्ने सम्भावना देखिदैन ।
शिक्षाविद् मनप्रसाद वाग्नेले यस्तो शिकाईले शिक्षामा बिभेद निम्तिन सक्नेतर्फ सरकार तथा सरोकारवालालाई सचेत गाराउँदै आएका छन् । इन्टरनेट, मोवाई, रेडियो, टेलिभिजन के कति घरपरिवार र विद्यार्थीको पहुँचमा छ भन्ने एकिन नै नगरी हचुवाको भरमा निर्णय गरिदा विद्यार्थीको मनोबल गिर्ने तथा शिक्षण सिकाईको गुणस्तर कायम गर्न नसकिने उनी बताउछन् । अझ रेडियोबाट त अडियो सामाग्रीको मात्रै सुविधा हुने भएकाले विद्यार्थीहरुले सिकाइएका कुरा ग्रहण गरे नगरेको, उनीहरुले सिकाई अभ्यासमा कतिको ध्यान दिन्छन भन्ने जान्न नै गाह्रो हुन्छ । अनलाईन, रेडियो, टेलिभिजनबाट कक्षा सञ्चालनका लागि विद्यार्थीहरुको पहुँच, सिकाईको लागि तयार भए नभएको मानसिक अवस्था सबै कुराको ख्याल गर्नुपर्ने कतिपय विज्ञहरुको मत छ । पर्याप्त तयारी, योजना र सिकाईको प्रभावकारीताको अध्ययन गरेर मात्रै लकडाउनको शैक्षिक गतिबिधि अघि बढाउनुपर्ने सुझाब आइरहँदा सरकार र विद्यालयहरु कसरी बढ्छन, यो भने अहिलेनै यसै भन्ने अवस्था छैन । कसरी पढाउने भन्ने छलफल जारी रहँदा महानगर भने रेडियोबाटे पढाउने भन्दै सूचना जारी गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #रेडियो मार्फत पढाउन
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्