आइतबारदेखि खुकुलो बन्ने लकडाउनमा यस्ता छन् शर्तहरु
काठमाडौं । जेठ २५ अर्थात् आइतबारदेखि साँढे दुई महिना लामो लकडाउन केही खुकुलो हुने भएको छ । बिहिबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले लकडाउनको मोडालिटी तयार पार्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर अर्थात् उच्चस्तरीय समितिलाई जिम्मा दिएको थियो । लकडाउन खुकुलो बनाउदै लैजाने प्रस्ताव र तयार भएको मोडालिटीको खाका समितिमा छलफल गरी मन्त्रीपरिषदमा पठाउने तयारी भइरहेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले उक्त प्रस्ताव विभिन्न सरोकारवालाहरुसँग छलफल गरेर तयार पारेको हो । कोरोना संक्रमणदरका आधारमा जिल्ला छुट्याएर ५ देखि ६ चरणमा लकडाउन पूर्ण खोल्न सकिने योजनामा समेटिएको छ । समितिको प्रस्तावमा जेठ २५ गतेदेखि ७० दिनभित्र लकडाउन खोल्न सकिने उल्लेख छ । यो योजना अन्तर्गत कोरोना भाइरस संक्रमण अत्यन्त कम देखिएका जिल्लाहरुमा जिल्लाभित्रै मात्र चल्नेगरी सवारी साधन सञ्चालन गर्न सकिने प्रस्ताव तयार भएको छ । समितिले सवारी साधन सञ्चालनका हकमा जेठ २५ देखि कोरोना संक्रमण कम देखिएका जिल्लामा छोटो दुरी र असार १ बाट लामो दुरीका यातायात सञ्चालन गर्ने प्रस्तावबारे छलफल गरिरहेको छ । यी प्रस्तावमा शनिबार थप छलफल हुनेछ ।
जेठ २५ गतेदेखि लकडाउन खुकुलो पार्ने शर्तहरु
१ व्यक्ति व्यक्तिबीच कम्तीमा एक मिटरको भौतिक दूरी कायम राख्ने र आवश्यक सरसफाइका प्रोटोकल पालना गर्नेगरी सवारी साधन सञ्चालन गर्ने ।
२ दैनिक उपभोेग्य सामग्रीबाहेक अन्य सामग्री विक्री हुने पसल तथा डिपार्टमेन्टल स्टोरहरु, कपाल काट्ने सैलुन, एक जिल्लाबाट अर्को जिल्ला नकट्ने सवारी साधन क्षमताको आधामात्र यात्रु राखेर छोटो दुुरीका यात्रुबहाक सवारी साधन सञ्चालन गर्न दिने ।
३ सम्बन्धीत कार्यालयको परिचयपत्रको आधारमा कार्यालयको कामसँग सम्बन्धित सवारी साधनहरु पनि चल्न दिने ।
४ दुई पांग्रेको हकमा चालकमात्र रहनेगरी सञ्चालन गर्न पाइने ।
५ अस्पताल, निजी क्लिनिकहरु खुल्ने ।
असार १ गतेदेखि लकडाउन खुकुलो बनाउने शर्तहरु
१ सवै प्रकारका उद्योग व्यवसाय, आन्तरिक हवाईसेवा आधा क्षमताका यात्रु राख्ने गरी सञ्चालन गर्न पाउने ।
२ निश्चित समय तोकी मदिराजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु पनि खोल्न पाउने ।
३ स्वास्थ्य सर्तकता अपनाएर सपिङ महल पनि सञ्चालन गर्न पाइने ।
अन्य केही प्रस्तावकाबारेमा भने शनिबार थप छलफल हुनेछ । आइतबारसम्म लकडाउन खुकुलो पार्ने मोडालिटी तयार पारेर ल्याउन मन्त्रीपरिषदले निर्देशन दिएको थियो । सोही बमोजिम समितिले तयार पारिएको मन्त्रीपरिषद बैठकमा पेश गरिनेछ । लकडाउन बढ्दै जाँदा सर्वसाधारणको जनजीवन र मुलुकको समग्र आर्थिक अवस्था नै अस्तव्यस्त हुने देखिएपछि सरकार लकडाउनको निती परिवर्तन गर्ने योजनामा लागेको हो । अझ काठमाडौं उपत्यकामा त ब्यवसायीले आफै लकडाउन उलंघन गरी ठाउँ ठाउँमा पसल खोल्न थालिसकेका छन् । समितिले तयार पारेको प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरे लकडाउन खुकुलो हुनेछ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन केही खुकुलो
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्