६८ जिल्लामा फैलियो कोरोना, शुक्रबार थपिए २७८, संक्रमितको संख्या २९१२

काठमाडौं । नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । शुक्रबार गोरखा, कास्की र हुम्ला सहित बिभिन्न जिल्लामा २ सय ७८ कोरोना संक्रमित भेटिएपछि ६८ जिल्लामा संक्रमितको संख्या २९१२ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा १ लाख ६६ हजार ७ सय ६५ जना रहेका छन् । २ हजार ५ सय ६८ जनाको आइसुलेसनमा उपचार भइरहेको छ । प्रदेश १ का १२ जिल्लामा २४२ जनामा कोरोना देखिएको छ । प्रदेश २ का ८ वटै जिल्लामा कोराना देखिदा संक्रमितको संख्या ९ सय ९३ पुगेको छ ।
बाग्मती प्रदेशका १२ जिल्लामा कोरोना देखिदा संक्रमितको संख्या ८५ पुगेको छ । त्यस्तै, गण्डकी प्रदेशमा ९ जिल्लामा कोरोना संक्रमण देखिदा संक्रमितको संख्या ५७ पुगेको छ । प्रदेश ५ का ११ जिल्लामा कोरोना फैलिदा ९६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशका ७ जिल्लामा ४ सय ७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा कोराना फैलिदा ९१ जना संक्रमित भेटिएका छन् ।
हालसम्म नेपालमा पिसिआर बिधीबाट ८८ हजार ३ सय ६६ परिक्षण गरिएको छ भने आरडीटीबाट १ लाख ३२ हजार ९ सय ६६ परिक्षण भएका छन् । पछिल्लो २४ घण्टामा पिसिआरबाट ४ हजार २ सय ३२ परिक्षण हुँदा आरडिटी बिधिबाट ७ हजार ४ सय २ परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए ।
पछिल्लो एक सातामा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । शुक्रबार बिहान मात्रै सुर्खेतका मृत्यु भएका २६ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाकै कारण ११ जनाले ज्यान गुमाएका छन् भने ३ सय ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #शुक्रबार थपिए २७८
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्