लकडाउन उलंघनः ब्यवसायी पसल खोल्ने,प्रहरी बन्द गराउने

काठमाडौं । दैनिक साँझ र बिहान गुजरा चलाउन गाह्रो भएको भन्दै काठमाडौं उपत्यकामा लकडाउन उलंघन गर्न थालिएको छ । नेपाल राष्टिय ब्यवसायी महासंघको आह्वानमा काठमाडौं उपत्यकामा लकडाउन उलंघन गर्न थालिएको हो । सरकारले ७२ औं दिनसम्म पनि लकडाउनको बिकल्प नखोज्नु दुखद भएको भन्दै घरको चुलो बल्न धौं धौं भएको र बैंकमा ऋण समेत तिर्न नसक्ने भन्दै ब्यवसायी खोल्ने बिहिबार देखि पसल तथा ब्यवसायी खोल्न लागेका हुन् । पसल तथा ब्यवसायको सटर भाडा समेत महंगो भएको भन्दै ब्यवसाय नखोले कसरी तिर्ने भन्दै ब्यवसायीले चिन्ता ब्यक्त गर्दै धमाधम ब्यवसाय खोल्न थालेका छन् । बिहिबार बिहानै काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा पसलहरु खोलिएको छ । केही स्थानमा उपभोक्ताहरुको समेत घुँइचो लागेको छ ।
अत्यावश्यक बाहेकका पसलहरु खोलेपनि प्रहरीहरुले बन्द गराइरहेका छन् । लकडाउन उलंघन गरेको भन्दै प्रहरीले पसल बन्द गराउदै हिडेपछि बिबाद समेत उत्पन्न भएको छ । मैतीदेवी क्षेत्रमा बिहानै विवाद भएको छ । बिहीबार बिहान फेरि अत्यावश्यक बाहेकका फेन्सी पसलदेखि रेस्टुरेन्टसम्म खुला गरेपछि विवाद भएको हो । व्यापारीको मर्कालाई मध्यनजर गरेर बिहान केही घण्टा रेस्टुरेन्ट बाहेकका पसलहरु आधा सटर खोलेर व्यवसाय गर्न दिनुपर्ने ब्यवसायले माग गरेका छन् ।
बुधबार बालुटारमा भएको बिज्ञहरुको परामर्शमा समेत लकडाउन खुकुलो बनाउन सुझाव दिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै निर्णय लिएका छैनन् । ठाउँ ठाउँमा पसल र ब्यवसाय खोल्न थालेपछि सरकारले घोषणा गरेको लकडाउनको उलंघन बढ्दो छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #लकडाउन उलंघन
तपाईको कमेन्ट लेख्नुहोस्