डिल्लीबजार कारागारमा कैदी बन्दीबीच कुटाकुट, ३ जना घाइते
काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच कुटाकुट भएको छ । नाइके परिवर्तन गर्नुपपर्ने माग गर्दे आन्दोलन भइरहेको बेला कैदीबन्दीबीच कुटाकुट भएको हो । कुटाकुट हुँदा तीन जना घाइते भएका छन् । एक जनालाई भने अस्पताल लगिएको छ । घाइते भएका शमशेर तामाङ जबरजस्ती करणी मुद्दाका कैदी हुन् । कारागार भित्र रहेको एक ब्लकका नाइके गोकुल गिरीले अन्य कैदीबन्दी माथि अन्याय गरेको भन्दै नाइके परिवर्तन गर्न माग गर्दै कैदीबन्दी बीच आन्दोलन भएको थियो । आन्दोलनमा गिरी पक्षधर र अन्य कैदी बन्दीबीच झडप भएको बताइएको छ । गोकुल गिरी उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने व्यक्ति हुन् । उनलाई १० वर्षको जेल सजाय तोकिएको थियो, जसमध्ये ८ वर्षको कैद भुक्तान गरिसकेका छन् ।
कारागारभित्रै हाल नाइके रहेका गोकुल गिरीले क्यान्टिन समेत चलाएका थिए । क्यान्टिन चलाए पनि अहिले बाहिरबाट मानिसहरु जान नपाएको र उनीहरुले भित्रै गरेको कामबाट पनि पैसा नआएकाले क्यान्टिनमा खान नपाएपछि कैदीहरूले आन्दोलन गरेका थिए । नाइके गिरीले क्यान्टिनबाट उधारो दिन नसक्ने भन्दै उधारो बन्द गरेपछि कैदी बन्दीहरुले खाजा खान नपाएको कारागारमा कार्यरत एक कर्मचारीले बताए । क्यान्टिनबाट खाजा खान नपाएपछि उधारोमै खान पाउनुपर्ने माग उनीहरुले गरेका थिए । नाइके गिरीले उधारो बन्द गर्दै कैदी बन्दीमाथि कुटपिट तथा अत्याचार गर्ने गरेपछि झडपको स्थिति आएको बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कैदी बन्दीबीच कुटाकुट
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्