१५ दिन थपेर जेठ २० गतेसम्म पुर्याइयो लकडाउन
काठमाडौं ४ जेठ । सरकारले लकडाउन थपेको छ । १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म पुर्याएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दैनिक कोरोना संक्रमित थपिदै गएपछि थप जोखिम कम गर्न लकडाउन थपिएको हो । यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको थियो । नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै चैत ११ गतेदेखि निरन्तर लकडाउन जारी छ । तर, २ जना संक्रमित हुँदा थपिएको लकडाउन आइबारसम्म २ सय ९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण २ जनाको मृत्यु भइसकेको छ । बिभिन्न जिल्लामा अझै परिक्षण जारी रहेकोले थप बढ्न सक्ने देखिन्छ । ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो चरण काठमाडौंमा लकडाउन फितलो हुँदा कोरोना संक्रमित पनि बढिरहेका छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै जाँदा थप जोखिम बढेको छ । भक्तपुर काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारीले समेत लकडाउन कडा बनाउन निर्देशन दिन गृहमन्त्रीसँग आग्रह गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन’
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्