मे ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस
काठमाडौं २१ बैशाख । आज मे ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा पनि भय र पक्षधरतामुक्त पत्रकारिता भन्ने नाराका साथ यो दिवस मनाइदैछ । सन् १९ सय ९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन बिश्वभर बिश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । नेपालमा यस वर्ष कोरोनाको प्रभावका कारण भौतिकरुपमा प्रत्यक्ष सहभागी भई खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था नरहे पनि नेपालमा प्रेस स्वतन्त्रताका सवालमा डिजिटल संवाद, छलफल तथा संचार माध्यममा सामग्री प्रकाशन र प्रसारण गरेर मनाइदैछ । यसै अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आज प्रेस स्वतन्त्रता र भय तथा पक्षधरतामुक्त पत्रकारिता शिर्षकमा विशेष डिजीटल संवाद कार्यक्रम आयोजना गरेको छ । सोही अवसरमा दक्षिण एशियाको प्रेस स्वतन्त्रता अवस्था वारे अन्तराष्ट्रिय पत्रकार महासंघको अनुगमन प्रतिवेदन सार्वजनिक गरिदैंछ । यसैगरी पत्रकार महासंघका प्रदेश समिति र शाखाहरुको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #विश्व प्रेस स्वतन्त्रता दिवस
ताजा खबर
- १तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण
- २बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
- ३दिनभर काठमाडौं महानगरका मेयर बालेनको सक्रियता,को को गए भेट्न ?
- ४प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- ५आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्