मे ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस
काठमाडौं २१ बैशाख । आज मे ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा पनि भय र पक्षधरतामुक्त पत्रकारिता भन्ने नाराका साथ यो दिवस मनाइदैछ । सन् १९ सय ९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन बिश्वभर बिश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । नेपालमा यस वर्ष कोरोनाको प्रभावका कारण भौतिकरुपमा प्रत्यक्ष सहभागी भई खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था नरहे पनि नेपालमा प्रेस स्वतन्त्रताका सवालमा डिजिटल संवाद, छलफल तथा संचार माध्यममा सामग्री प्रकाशन र प्रसारण गरेर मनाइदैछ । यसै अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आज प्रेस स्वतन्त्रता र भय तथा पक्षधरतामुक्त पत्रकारिता शिर्षकमा विशेष डिजीटल संवाद कार्यक्रम आयोजना गरेको छ । सोही अवसरमा दक्षिण एशियाको प्रेस स्वतन्त्रता अवस्था वारे अन्तराष्ट्रिय पत्रकार महासंघको अनुगमन प्रतिवेदन सार्वजनिक गरिदैंछ । यसैगरी पत्रकार महासंघका प्रदेश समिति र शाखाहरुको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #विश्व प्रेस स्वतन्त्रता दिवस
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्