लकडाउनको समयमा समेत यातायात व्यवस्था विभागमा २४ सैँ घण्टा काम
काठमाडौं १९ बैशाख । कोरोना संक्रमित पहिचान भएदेखि यतिबेलासम्म सिंगो देश लकडाउन छ । अत्यावश्यक बाहेकका सबै पसल र बजार बन्द भैरहँदा सरकारी कार्यालयपनि सुनसान छन् । तर सवारि चालक अनुमति पत्र छपाईको जिम्मेवारि पाएको यातायात व्यवस्था बिभाग भने अहिले २४ सैँ घण्टा काम गरिरहेको छ । तीन सिफ्टमा तीन–तीन जनाको समूहमा कर्मचारी व्यवस्थापन गरेर प्रयोगात्मक परीक्षा पास भएकाहरुको लाईसेन्स छपाई भैरहेको छ । दैनिक ४५ सय लाईसेन्स छपाई भैरहेको विभागले जनाएको छ ।
लकडाउनका कारण देश लामो समयदेखि ठप्प छ । बजार पसलसँगै सरकारी अड्डासमेत सुनसान बनिरहदा यातायात व्यवस्था विभाग भने २४ सैँ घण्टा लाईसेन्स छपाईमा व्यस्त छ । के लकडाउनको छपाईले मात्रै निरन्तरको लाईसेन्स समस्या अन्त्य गर्ला त ?
गत मंसिरमा धेरै लाईसेन्स छपाई गर्नसक्ने मास मेसिन आएसँगै विभागले छपाईलाई तिब्रता दिएपछि प्रयोगात्मक परीक्षा पास गरी हातमा रसिद लिई बसेका करिब चार लाखलाई लाईसेन्स बितरण गर्न सके पनि अझै चार लाख लाइसेन्सको पखाईमा छन् । लकडाउन जारी रहदा अर्थात चैत २३ गतेबाट लाईसेन्स छपाईलाई तिब्रता दिएको विभागले बैशाख २५ सम्ममा परीक्षा पास भएका मध्ये ८० प्रतिशतको लाईसेन्स छपाई सक्ने दाबी गरेको छ । यस्तै, विभाग लकडाउन पछि अर्को मास मेसिन ल्याएर लाईसेन्स समस्या समाधान गर्ने तयारीमा जुटेको छ । यातायात व्यवस्था विभाग सधै उपभोक्ताको भीडभाड हुने अड्डा । अझ, राजनीतिक स्वार्थ अनुसार नेतृत्व परिवर्तन भैरहने निकाय । स्मार्ट लाईसेन्स जारी भएदेखी नै वितरण प्रणालीमा समस्या नै समस्या देखाएर आम सेवाग्राहीलाई बर्सौ कुराउँदै आएको विभागले अब लाईसेन्स समस्याको दिर्घकालिन समाधान देला त ? यसका लागि भने वितरण प्रक्रिया सुरु हुँदासम्म पर्खनुपर्नेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #लाईसेन्स
ताजा खबर
- १चैत १९ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
- २ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
- ३पूर्णबहादुर खड्काले भने– संसद् भित्र तपाईं, बाहिर हामी सँगसँगै छौं
- ४रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
- ५कांग्रेसमा छुट्टै भेलाबारे शेखरले भने–पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छन्



तपाईको कमेन्ट लेख्नुहोस्