बीरगञ्जमा कोराना संक्रमित ४ जना डिस्चार्ज हुँदै

पर्सा १४ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको चौथो स्वाब रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकको चौथो रिपोर्ट नेगेटिभ आएको हो । पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी शुक्रवार हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको र त्यहाँबाट चारै जनाको रिर्पोट नेगेटिभ आएको थियो । चारै जनाको लगातार दुर्इ पटक रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई आज डिस्चार्ज गरिन लागेको हो । नारायणी अस्पतालमा हाल पाँच जना कोरोना पोजेटिभ छन । एक जना विहिवार सर्लाहीबाट आएका हुन । उनी आएको तीन दिन मात्र भएकोले उनको पनि स्वाब नमुना परिक्षणको लागि पठाउने तयारीमा रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #वीरगञ्जस्थित नारायणी अस्पताल
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्