आमाको मुख हेर्ने दिन
काठमाडौं ११ बैशाख । वैशाख कृष्ण पक्ष औँसी अर्थात आमाको मुख हेर्ने दिन । जन्म दिने आमालाई सम्मान गरी मिष्ठान्न भोजन गराउने दिनका रुपमा यसलाई लिने गरिन्छ । छोराछोरीले बिहानै उठी आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठा मीठा–तागतिला खानेकुरा खान दिइ आशीर्वाद थाप्ने चलन चलिआएको छ । आमा नभएका ब्यक्तीहरुले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवङ्गत आमा र आमाले गरेका कष्टकर काम सम्झने गर्छन् । यसबर्ष भने कोरोनाको जोखिम कम गर्न लगाइएको लकडाउनले आवात जावतमा समस्या पारेको छ । लकडाउनका कारण विवाह भइसकेका चेलीबेटी भने आज फोनबाटै आमासँग कुरा गर्न बाध्य भएका छन् । यस्तै आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा काठमाण्डौको मातातीर्थमा मेला लाग्ने गरेकोमा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भएको लकडाउनको कारण स्थगित गरिएको छ । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको छ । नगरपालिकाको सूचनाको अवज्ञा गरेमा अनुगमनमा खटिएका कर्मचारीले स्थलगत रुपमा सय रुपैयाँ जरिबाना गर्ने बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #आमाको मुख हेर्ने दिन
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्