Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

अध्यादेशको ओलीले बचाउ गर्दा प्रचण्ड किन मौन


काठमाडौं १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको दुई अध्यादेशको बचाउ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुदुरपश्चिम र प्रदेश नम्बर १ का सांसदहरुलाई बोलाएर अध्यादेशबारे जानकारी दिदै उनले अध्यादेशको बचाउ गरेका हुन् । सरकारले ल्याएको अध्यादेशपछि नेकपाको शीर्ष नेतृत्वमा किचलो देखिएपछि पार्टी फुट्ने हो कि भन्ने चिन्ता बढेको बेला प्रधानमन्त्री ओली अध्यादेशको बचाउमा लागेका हुन् । कार्यकर्तामा देखापरेको चिन्ता हटाउने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथमा राखेर अध्यादेशबारे जानकारी दिन सक्रियता अपनाएका हुन् । प्रधानमन्त्री ओलीले नेकपाका सांसदहरूसँग प्रदेशगत रुपमा सामूहिक छलफल सुरुवात गरेका छन् । हरेक प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बालुवाटारमा बोलाएर अध्यक्षद्धयले समूहगत छलफल गरेका छन् । छलफलको सुरुवात काठमाडौंमा उपलब्ध भएसम्म सुदुरपश्चिमका सांसदहरूलाई बालुवाटार डाकेर गरिएको हो । प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई लामो पृष्ठभूमि बाँधेर अध्यादेशको औचित्य पुष्टि गर्ने प्रयास गरिरहँदा प्रचण्डचाहिँ मौन बसेको सांसदहरुले बताएका छन् ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर सांसदहरुसँग छलफलको आयोजना गरिएको प्रधानमन्त्री ओलीले बताएका थिए । नेता भीम रावललेले कोरोना भाइरससँग लड्नेबेला अध्यादेश ल्याउनु गलत भएको बताए । पहिलो वरीयताका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरूलाई लामो पृष्ठभूमि बाँधेर अध्यादेशको औचित्य पुष्टि गर्ने प्रयास गरिरहँदा प्रचण्डचाहिँ किन मौन बसे भन्ने चर्चा चलेको छ । प्रधानमन्त्रीले केही मिटरको दुरीमा बसेका प्रचण्डलाई राखेका थिए । प्रधानमन्त्री ओलीले नेकपा एकीकरण विभाजनका लागि नभई अझ बलियो एकताका लागि भएकाले कुनै हालतमा पार्टी फुट्न नदिइने बचन दिएका छन् । नेकपाको सचिवालय बैठकमै अध्यादेशको बिरोध गरेपनि प्रचण्डले त्यसबारे कुनै प्रतिक्रिया दिएनन् । तर, राजनीतिक दल विभाजन खुकुलो पार्ने गरी अध्यादेश ल्याउनुको अर्थ नेकपासँग सम्बन्धित नभए पनि व्यक्तिका लोकतान्त्रिक अधिकार सुरक्षित गर्न ल्याइएको प्रधानमन्त्रीको तर्क थियो ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #अध्यादेशको बचाउ

तपाईको कमेन्ट लेख्नुहोस्