बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार नाघ्यो
काठमाडौं ८ बैशाख । बिश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार २४ लाख ७ हजार भन्दा बढी संक्रमित भएका छन् । मृत्यु हुने र संक्रमित हुनेक्रम तीव्ररुपमा फैलिरहेको छ । खासगरी अमेरिका र युरोपियन मुलुकमा महामारी नियन्त्रण नहुँदा समस्या बढेको हो । उपचारपछि निको भइ घर फर्कनेहरुको संख्या पनि बढेको छ । अहिलेसम्म ६ लाख २५ हजार भन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा १५ सय ३४ जनाको मृत्यु भएको छ भने बेलायतमा ५ सय ९६ जनाको ज्यान गएको छ । यस्तै, इटालीमा ४ सय ३३ र स्पेनमा ४ सय १० जनाको मृत्यु भएको छ । सोही अवधिमा फ्रान्समा ३ सय ९५ र बेल्जियममा २ सय ३० जनाले ज्यान गुमाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्